बौनिया भदौ २/कैलालीको बर्दगोरीया गाउपालिकामा श्री कृष्ण जन्माअष्टमीको अवसरमा हरेक वर्ष मनाउदै आएको आकाशे घैटाफोड कार्यक्रम सम्पन्न भएको छ ।
युवाहरुको अभियान स्थानिय कला संस्कृतिको पहिचान भन्ने नारा दिईएको आकाशे घैटाफोडन कोईलिभुरुवा बैदिपुरको समूह सफल भएको छ ।
आकाशे घैटोफोडदै कोईलिभुरुवा बैदिपुरको समुहले नगद ५१ ह्जार ५ सय ५५ रुपैया हात पारेको छ ।
यसै गरी भुई घैटाफोडन सफल भएका बिपिन बमलाई ५ हजार ५ सय ५५ प्राप्त गर्दा , पाईप चढाई चढ्न गजेन्द्र नेपाली सफल भए र उनले नगद ७ हजार ५ सय ५५ प्राप्त गरेका छ्न।

यसै गरि मनोरञ्जनका लागि महिलाहरुलाई प्रतिस्पर्धा गराईएको कुर्सी दौडमा गिता रोक्का मगर बिजेता बन्न सफल भइन र नगद ३ हजार ५ सय प्राप्त गरिन ।
घैटाफोड तथा सास्कृतिक कार्यक्रम उपभोक्ता समितीका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
सह आयोजक रहेको बौनिया बजार व्यवस्थापन समितिका उपाध्यक्ष टेक राज जोशिको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देवराज सिंह स्वार, बसन्त मुरारी नमुना मा वि का प्र अ तारा प्रसाद जोशी, सहारा घरका संचालक बल बहादुर बिष्ट, नेपाल खेलकुद महासंघ बर्दगोरिया अध्यक्ष तपेन्द्र खडका लगाएतकाले यस्ता सामाजिक तथा सास्कृतिक कार्यक्रमले पालिकाको पहिचान संगै कला संस्कृतिको जगेर्ना समेत हुने बताए । कार्यक्रमको संचालन संचारकर्मी लोकु सिंह ठकुरिले गरेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य ,संघ संस्थाका प्रतिनिधि लगाएत स्थानियको सहभागिता रहेको थियो ।
