Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

  • कैलाली दर्पण
  • बिहिबार, साउन १५, २०८२
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।

बिहीबार बसेकाे प्रदेश सभाकाे बैठकमा शाहले विश्वासको मत पाएका हुन् । शाहकाे पक्षमा ३० र विपक्षमा १५ मत खसेकाे छ ।

एमालेका ११ र कांग्रेसका १८ जना गरेर नागरिक उन्मुक्ति पार्टीका कैलाश चाैधरीले समेत मत दिएपछि उनकाे पक्षमा ३० मत खसेकाे हाे ।

बैठकमा सहभागी नाउपाका खुसिराम डगाैरा थारूले भने विपक्षमा मतदान गरे ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चाैधरीलाई मुख्यमन्त्रीले बर्खास्त गरेपछि नाउपाले समर्थन फिर्ता लिएको थियाे ।

साेही पृष्ठभूमिमा शाहले विश्वासको मत लिएका हुन्

सम्बन्धित समाचार
ताजा अपडेट