Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सेती राजमार्ग(दक्षिण खण्ड)बर्दगोरिया क्षेत्र भित्रको सडक ग्राभेल हुने

  • कैलाली दर्पण
  • सोमवार, साउन ५, २०८२
सेती राजमार्ग(दक्षिण खण्ड)बर्दगोरिया क्षेत्र भित्रको सडक ग्राभेल हुने

बौनिया/ कैलालीको बर्दगोरिया गाउँपालिका क्षेत्र भित्र पर्ने सेती लोकमार्गको दक्षिण खण्डमा ग्राभेल हुने भएको छ । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र सेती लोकमार्ग आयोजना प्रमुख बिरेन्द्र बहादुर चन्द बीच सोमबार बौनियामा छलफल भएको छ ।

बर्दगोरिया गाउँपालिकाको दक्षिण खण्ड निर्माण हुदै गरेको सेती लोकमार्ग को सडक हिलाम्मे भए पछि बर्दगोरिया गाउँ पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहलमा सोमबार सेती लोकमार्गका आयोजना प्रमुख बिरेन्द्र बहादुर चन्द बिच छलफल भएको थियो ।
बर्दगोरिया गाउँ पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम, २ नम्बर वडा अध्यक्ष गोबिन्द बि.क, बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष देब राज सिंह स्वार, नेकपा एमाले बर्दगोरिया सचिव नवीन ढुंगाना ,सदस्य तथा युवा नेता समाजसेबी राम बहादुर साउद र लोकमार्गका योजना प्रमुख संगै अन्य कर्मचारी बीच छलफल भएको थियो ।

छलफलमा बर्दगोरिया गाउँपालिका दक्षिण तर्फ वडा नम्बर १, २ र ५ नम्बर को मुख्य बौनिया बजार आउने सडक खण्ड हिलो भए पछि पालिका अध्यक्ष कुँवरले तत्काल ग्राभेल गर्ने काम सुरु गर्नुपर्ने माग राख्दै छलफल गर्नुभएको हो ।

अध्यक्ष कुँवरले पछिलो समयमा सो सडकमा माटो भरान भएका कारण बिद्यार्थीलाई विद्यालय सम्म आउन जान, बजारमा आवतजावत गर्ने स्थानिय नागरिक लगाएत भजनी,जोशिपुर आवतजावत गर्ने नागरिकलाई सास्ती भएको भन्दै पटकपटक गुनासो आउदा तत्काल समाधान गर्न भन्दै आयोजना प्रमुख चन्दलाई तत्काल ग्राभेलको काम गर्नु पर्ने माग गर्नुभएको हो ।

आयोजना प्रमुख बिरेन्द्र चन्दले स्थानीय सरकारले सहयोग गरे १ हप्ता भित्र ग्राभेलको काम सुरु गर्ने बताउनु भएको छ । आयोजना प्रमुख चन्दले खोला नाला बन्द भएका कारण ग्राभेल गर्न समस्या आउने हुदा आफुहरुलाई गाउँपालिकाले स्टक गरेको ग्राभेल सहयोग गर्न आग्रह गरेका छन ।

काम सुचारु भए संगै थप कार्य गर्न सहज होश भन्ने उद्देश्य अनुरुप सेती लोकमार्गको कार्यालयलाई कैलालीको मोहन्याल गाउँपालिकाको वडा नम्बर १ चोसेकाडा ल्याउने छलफल समेत भएको थियो । यो लोकमार्ग सडकको थप कामका लागी आगामी पौष महिना सम्म ठेक्का खुल्ने योजना रहेको आयोजना प्रमुख चन्दले जानकारी दिएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट