बर्दगोरिया । मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौना रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले बिधालयलाई आर्थिक नगद सहयोग गरेको छ ।
सामुदायिक बनले स्थानीय विद्यालयहरूलाई कुल रु ९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
सामुदायिक बनले शिक्षा क्षेत्रको सुदृढीकरणमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्तै सकारात्मक रुपमा लिएका छन । साथै स्थानीय तथा बिधालयपरिवारले सामुदायिक बनलाई धन्यवाद व्यक्त गरेका छन ।
सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले सामाजिक उत्तरदायित्व संगै बिधालयलाई केही राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताए । सामुदायिक बन सबैको हो,त्यसैले बिधालयलाई केही नगद सहयोग गर्दा सहयोग पुगोस भन्ने उद्देश्यले बिधालयलाई नगद सहयोग गरेको बताए ।
सामुदायिक बनले वडा नम्बर ३ मा रहेका शान्ति माध्यमिक विद्यालय, फलेविसौनालाई ७ लाख, चाँदनी आधारभूत विद्यालय, तल्लो फलेविसौनालाई २ लाख , राष्ट्रिय आधारभूत विद्यालय, सल्लेरीलाई ३० हजार र लालीगुराँस आधारभूत विद्यालय, बुडीआमलाई ३० हजार नगद सहयोग गरेको हो ।
सामुदायिक बनले समुदायको हितहुने विभिन्न व्यक्ति तथा आफ्ना उपभोक्ताहरुलाई कहिले नगद त कहिले दाउरा,काठ मार्फत सहयोग गर्दै आएको छ । समुदायको हित र आफ्ना नागरिकको सुरक्षाका लागी सामुदायिक बनबाट सानो सहयोग गरेको सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले जानकारी दिए ।