Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

मोहन्याल-१ मा बाल श्रम निर्मुल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, असार २०, २०८२
मोहन्याल-१ मा बाल श्रम निर्मुल सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

२०असार/कैलालीको मोहन्याल गाउँपालिकाका वडा नम्बर १ चायाँभावरमा बाल श्रम निर्मुल सचेतना कार्यक्रम सम्पन्न भएको छ।

मोहन्याल गाउँपालिकाको आयोजनामा १ दिने “अध्यक्ष बालश्रम निर्मुल कार्यक्रम”अन्तर्गत बालश्रम निर्मुल सम्बन्धि सचेतना कार्यक्रम बिहिवार सम्पन्न भएको हो।

वडा अध्यक्ष प्रेम बहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रमुख प्रशासकिय अधिकृत रुपेश कुमार शर्मा बराल रहनु भएको थियो।

कार्यक्रममा बोल्दै मोहन्याल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुपेश कुमार शर्मा बरालले कुनै पनि रोजगारयुक्त कार्य जसले बालबालिकाको बाल्यकालमा दखल दिन सक्छ, स्कुल जानबाट रोक्छ वा मानसिक, सामाजिक र शारीरिक रूपमा असर गर्छ भने त्यो बालश्रम हो त्यसैले कसैले पनि बालबालिकालाई जबरजस्ती काममा होईन बिधालय पठाउन आग्रह गरे ।

‘उनले भने  तर बालबालिकाले आफ्नो पसल घर वा अन्य ठाउँमा आफ्ना बुवा आमा संगै मिलेर काम गर्छ भने त्यो बालश्रम हुदैन ।

यस्तै बाल बालिकाहरुलाइ जोखिम पूर्ण कार्यमा लगाउन नपाइने र बालबालिकाहरुलाई पढाइमा ध्यान दिनुपर्ने अभिभावकहरुको जिम्मेवारी हो । शिक्षामा जोड दिदै बाल श्रम रोक्नु पर्ने स्थानिय सरकारको मात्र जिम्मेवारी नभइ अभिभावकको ठुलो जिम्मेवारी रहेको वडा अध्यक्ष प्रेम बहादुर बुढाले बताए ।

रोजगार शाखा संयोजक एकेन्द्र भण्डारीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा ७ नम्बर वडा अध्यक्ष नवराज कठायतले शुभकामना मनतब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले बाल श्रम न्यूनीकरण ,बाल अधिकारको रक्षा ,बालबालिकाहरुले बाच्न पाउने,खाने पाउने खेल्न पाउने पढ्न पाउने लगायतको सुनिश्चितताको पहल गर्न सरोकारवाला पक्षहरूले जागरुक हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बालक्ल्वका प्रतिनिधि ,शिक्षक, कर्मचारी , जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण अभिवक्ता तेजराज उपाध्यायले गरेका थिए ।भने कार्यक्रमको संचालन प्रशासन शाखा सहायक टिकाराम पौडेलले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट