Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

  • कैलाली दर्पण
  • शुक्रबार, असार १३, २०८२
बर्दगोरिया पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

निर्मला शाही,बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ।

खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आज पालिकालाई खोप समन्वय समिति बर्दगोरियाको आयोजनामा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख टीका चौधरी भुलले बर्दगोरिया लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकी हुन।

शुक्रबार र घोषणासभा पालिका खोप समन्वय समिति संयोजक समेत रहेका बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको  सभापतित्वमा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख टीका चौधरी भुल प्रमुख अथिति रहनु भएको थियो ।यसै स्वास्थ्य शाखा प्रमुख मिन बहादुर धामीले प्रतिबेदन पेश गर्नु भएको थियो जसमा उहाँले १६ महिना देखि ५९ महिना सम्मका जम्मा १७३७ जना बालबालिका लाई खोप लगाउन सफल भएको बताए ।

पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मीन बहादुर धामिले बताए।

गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वर्षको ३ महिना माघ, फागुन र चैत महिनामा पालिकाले आफ्नो पालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाहरूको खोजी कार्य गर्ने र कोही छुटेको भए खोप लगाइदिने गरेको उहाँले जानकारी दिनुभयो  ।

जिल्ला समन्वय समितिको प्रमुखको अध्यक्षमा बनेको जिल्ला खोप समन्वय समितिले पालिकाहरूलाई पूर्ण खोप सुनिश्चित एवम् दिगोपना पालिका घोषणा गर्ने छ । खोप समन्वय समितिले हरेक वर्ष पालिकाभित्र १६ देख ५९ महिना सम्मका बालबालिकाहरूलाई १५ महिनाको उमेरभित्र पाउनु पर्ने सबै खाले खोप लगाए नलाएको अनुगमन गरेर पालिकाहरूलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गर्ने गरिएको छ ।

यस्तै पुर्णखोप सुनिश्चितता कार्यक्रममा पालिका भित्रका ६ वटा  स्वास्थ्य संस्था लाई र पुर्ण खोपमा खटिएका ११ जना स्वास्थकर्मी  लाई प्रशंसा पत्र प्रदान गरिएको छ। खोप कार्यक्रमको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै स्वास्थ्यकर्मीहरु लाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख टीका चौधरी भुलले आवश्यक तथ्य पेस भएको र सोही तथ्यका आधारमा पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको बताइन ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका प्रबक्ता मिथुन गौतम
स्वास्थ्य कार्यलय कैलालीका पनिसु ओलट नारायण चापागाईंले मन्तव्य राखेका थिए।

कार्यक्रममा बर्दगोरोया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विक्रम श्रेष्ठ ,वडा नम्बर १, २, ३ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्वास्थ्य आधारभूत इन्चार्ज, दोदोधरा अस्पताल कर्मचारी, स्वयंसेविका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन सिनियर अहेव अनिल बिक्रम सिंहले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट