Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जोशीपुर गाउँपालिकाले ल्यायो ८३ करोड ८६ लाख बढि बजेट

  • कैलाली दर्पण
  • बुधबार, असार ११, २०८२
जोशीपुर गाउँपालिकाले ल्यायो ८३ करोड ८६ लाख बढि बजेट

कैलालीको जोशीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ८६ लाख ५९ हजार १सय ५४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ।

गाउँसभाको १४ अधिबेशनमा उपाध्यक्ष रेखा कठरियाले बजेट प्रस्तुत गर्नुभयो। जोशिपुरले कार्यालय सञ्चालनतर्फ ९ करोड ५० लाख बजेट विनियोजन गरेको छ।

यस्तै, सङ्घीय सरकारको समानीकरण अनुदान ११करोड २३ लाख , राजस्व बाँडफाँट १ करोड ७०लाख, सशर्त अनुदान १६करोड ६६लाख रुपियाँ रहेको छ। यस्तै, विशेष अनुदान ६९लाख, समपूरक अनुदान ५० लाख रुपियाँ गरेर सङ्घबाट जम्मा ६० करोड ७६ लाख रुपियाँ रहेको उपाध्यक्ष कठरियाले जानकारी दिनुभयो।

प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ७ लाख, राजस्व बाँडफाँट ३६लाख२८ हजार , समपूरक अनुदान ५० लाख र विशेष अनुदान  ७५ लाख रुपियाँ रहेको छ। यसैगरी, गैरसरकारी संस्थाको कार्यक्रम बजेट पाँच करोड २४ लाख रुपियाँ रहेको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नुभएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट