Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहा नगरपालिकाले ल्यायो १अर्ब २० करोड ९९ लाखको बजेट

  • कैलाली दर्पण
  • बिहिबार, असार ५, २०८२
लम्कीचुहा नगरपालिकाले ल्यायो १अर्ब २० करोड ९९ लाखको बजेट

बौनिया /कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्ष क२०८२/०८३ का लागि १ अर्ब २० करोड ९९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

बिहीवार नगरप्रमुख सुशिला शाहीको अध्यक्षतामा बसेको नगरपालिकाको १५ औँ नगरसभाको दोस्रो बैठकमा नगर उप-प्रमुख जुना चौधरीले चालुतर्फ ७६ करोड ७५ लाख र पुँजीगततर्फ ४४ करोड ४२ लाख गरि १ अर्ब २० करोड ९९ लाखको बजेट प्रस्तुत गरेकी थिइन् ।

विनियोजित बजेटमा खर्च ब्यहोर्ने स्रोतमा आन्तरिक आयतर्फ रु. ४३ करोड ८७ लाख ६० हजार ८ सय ३२, राजश्व बाँडफाँडबाट १८ करोड २१ लाख ६ हजार १ सय ६८, नेपाल सरकारकाले दिने अनुदान रु. ५५ करोड २९ लाख, प्रदेश सरकारले दिने अनुदान रु. ३ करोड ६१ लाख ६६ हजारलाई राखिएको उप प्रमुख चौधरीले जानकरी दिइन् ।

नगरसभामा उत्कृष्ट कार्यगर्ने विभिन्न शाखाका ७ जना कर्मचारी लाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थिियो ।

 

सम्बन्धित समाचार
ताजा अपडेट