निर्मला शही,बौनिया/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौनामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले विपन्न बर्गका उपभोक्ताहरु लाई आर्थिक नगद सहयोग गरेको छ ।
सामुदायिक बनले आफ्ना उपभोक्ता तथा वडा नम्बर ३ निवासी बिरामी परेका नागरिकलाई नगद सहयोग गरेको हो ।
सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले वार्षिक कार्ययोजना अन्तर्गत सामाजिक उत्तरदायित्व संगै समस्यामा परेका नागरिकलाई सहयोग गरेको बताए । सामुदायिक बन जनताको हो,त्यसैले समस्यामा पर्दा राहत पुगोस भन्ने उद्देश्यले नगद सहयोग गरेको बताए ।
सामुदायिक बनले वडा नम्बर ३ का कराज बुढाथोकीलाई २० हजार, लक्ष्मी नेपाली ,तिर्सना थापामगर,लहबिरे सहकारी ,पारस बुढा, भुवन रानामगर र प्रदिप पुरीलाई जनही नगद १५ हजार प्रदान गरिएको हो । साथै कृष्ण योगिलाई नगद २० हजार र नानी टमट्टालाई नगद ५ हजार सहयोग गरिएको छ।

सामुदायिक बनले समुदायको हितहुने विभिन्न व्यक्ति तथा आफ्ना उपभोक्ताहरुलाई कहिले नगद त कहिले दाउरा,काठ मार्फत सहयोग गर्दै आएको छ । समुदायको हित र आफ्ना नागरिकको सुरक्षाका लागी सामुदायिक वनबाट सानो सहयोग गरेको सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले जानकारी दिए ।
