Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित

  • कैलाली दर्पण
  • शुक्रबार, जेष्ठ ३०, २०८२
अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया निर्वाचित

३० जेठ/ अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।

मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।

दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो ।

पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका थिए ।

त्यस्तै, महासचिवमा दीपक धामी निर्वाचित भएका छन् । उनी पनि कडरियाकै प्यानलबाट महासचिवका उम्मेदवार थिए ।

पौडेलको प्यानलबाट महासचिवका उम्मेदवार आरके रोमस पराजित भएका छन् ।

पदाधिकारीहरूः

अध्यक्ष: सुजन कडरिया

उपाध्यक्ष : अञ्जना सिवाकोटी, विकास श्रेष्ठ

महासचिव : दिपक धामि

उपमहासचिव: कमल जोशी

सचिव : आकाश घर्ती

सचिव: रचना सापकोटासचिव : समिम बाबुसचिव : गोपाल नेपाल

आयोग अध्यक्ष :प्रकाश बिष्ट , सुमन घिमिरे , जित प्रसाद सिटौला

सम्बन्धित समाचार
ताजा अपडेट