Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

नेपाल खेलकुद महासंघ कैलालीको अध्यक्षमा भण्डारी सर्बसम्मत

  • कैलाली दर्पण
  • आइतवार, जेष्ठ २५, २०८२
नेपाल खेलकुद महासंघ कैलालीको अध्यक्षमा भण्डारी सर्बसम्मत

२५जेठ /नेपाल खेलकुद महासंघ कैलालीको अध्यक्षमा महेन्द्र भण्डारी सर्बसम्मत चयन भएका छन् ।

आज चौमालामा सम्पन्न जिल्ला कमिटिको तेश्रो अधिवेशनबाट भण्डारीको नेतृत्वमा १५ सदस्यीय जिल्ला कमिटि सर्बसम्मत रुपमा चयन गरिएको हो । महासंघ कैलालीको उपाध्यक्षमा दिनेश सिंह कडायत र इसारा देवकोटा, सचिवमा कृष्ण प्रसाद ओझा चयन भएका छन् ।

कोषाध्यक्षमा हरेन्द्र नाथ, सह–सचिवमा उमाकान्त भट्ट् र अर्जुन थापा चयन भएका छन् । सदस्यहरुमा करुणा बडुवाल, शन्तोस बि.सी, अशोक शाही, हरिश धित्त, मनिस सावद, चन्द्रा सावद, यादव थापा र मनोज ठगुन्ना चयन भएका हुन् ।

नेकपा एमाले निकट जनबर्गिय सगंठन रहेको खेलकुद महासघं कैलालीको अधिवेशन आयोजक कमिटि संयोजक समेत रहेका महेन्द्र भण्डारीको अध्यक्षमा आयोजित अधिवेशनको नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका सुदुरपस्चिम इन्चार्ज लेखराज भट्टले उद्घाटन गरेका थिए ।

 

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी भट्टले खेलकुदका माध्यम बाट कैलाली जिल्लालाई चिनाउन खेलाडीको महत्त्वपूर्ण भुमिका हुने हुदा खेल क्षेत्रलाई अगाडी बढाउनु आग्रह गर्नु भयो । साथै प्रमुख अतिथि भट्टले पहिले कैलाली जिल्ला प्रदेश हुँदै समग्र राष्ट्रलाई चिनाउन सक्नु पर्दछ । अनिमात्र नेकपा एमाले र नेपाल खेलकुद महासंघले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुने बताउनु भयो ।

कार्यक्रमलाई नेपाल खेलकुद महासघंका केन्द्रिय सचिव एवं सुदुरपस्चिम इन्चार्ज बिष्णु कुमार चन्द, नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटि सदस्य खडक बम, नेकपा एमाले कैलालीका उपाध्यक्ष लोकेन्द्र शाही, नेपाल खेलकुद महासघंका सुदुरपस्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, केन्द्रिय सदस्य चित्र भट्ट लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा एमाले नेता पदम सिङ्गाल, नेपाल खेलकुद महासघंका सुदुरपस्चिम उपाध्यक्ष हिक्मत रावल, सचिव प्रकाश बि.क लगायत खेलकुद महासघं तथा पाटीका नेता कार्यक्रताहरुको सहभागिता थियो ।कार्यक्रमको संचालन कृष्ण प्रसाद ओझाले गरेका थिए।

सम्बन्धित समाचार
ताजा अपडेट