Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा लम्कीमा दिप प्रज्वलन

  • कैलाली दर्पण
  • मङ्लबार, जेष्ठ १३, २०८२
प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा लम्कीमा दिप प्रज्वलन

१३जेठ/”नेपाल प्रेस युनियनको अभियान : भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान ” भन्ने मुल नाराका साथ नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा लम्कीमा दिप प्रज्वलन कार्यक्रम गरि मनाइएको छ।

नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको आयोजनामा लम्की चौराहमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो।

नेपाल प्रेस युनियन लम्की शाखा कैलालीका उपाध्यक्ष चन्द्र प्रसाद खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका नेताहरू , पुर्व अध्यक्ष , वर्तमान पदाधिकारीहरू , पुर्व पदाधिकारी , विभिन्न संगठनका प्रतिनिधि र सञ्चारकर्मीको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित समाचार
ताजा अपडेट