बौनिया,निर्मला शाही/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतिपुरमा रहेको श्री राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा शिक्षकहरुको विदाइ तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार विद्यालय प्राङगणमा एक औपचारीक कार्यक्रमको आयोजना गदैँ विद्यालयले शिक्षकहरुको स्वागत तथा विदाई गरेको हो ।
लम्कीचुहा नगरपालिकाले स्थानीय शिक्षक दरबन्दी मिलान कार्यविधि अनुसार शैक्षिकसत्र २०८२ को सुरुवातमै मावि,निमावि ,प्रावि र बालबिकास सहित एकै पटक २ सय ११ जना शिक्षकलाइ नगरपालिका भित्रका विभिन्न विद्यालयमा सरुवा गरेको थिियो।
सोहीअनुसार रास्टिय नमुना माध्यमिक विद्यालय मोतिपुरमा कार्यरत १२ जना सरुवा भएका शिक्षकहरुलाई विद्यालय परिवारले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानजनक बिदाइ गरेको छ।
अन्तरविद्यालयमा सरुवा हुनेमा प्रधानाध्यापक लोकराज पन्थी,उदयराम खनाल ,केश राज खनाल ,परेग राज खनाल, पेशल डाँगी,नर्मदा बेल्बासे पन्थी ,दुर्गा कुमारी बिस्ट,दिपु कुमारी बोहरा,यशोदा खनाल ,दिपा देवि बुढा ,फणेन्द्र राज कार्की र ईश्वरा देवि खत्री रहेका छन।
यसैगरी विभिन्न बिधालयबाट सरुवा भएर नयाँ आउने १२ जना शिक्षकहरुलाई पनि आजै विद्यालयमा स्वागत गरिएको छ।
सरुवा भई आउनेमा चन्द्रकला बटाला, गोर्ख बहादुर बटाला,गुप्त बहादुर शाही,चक्रबहादुर सोडारी,खगेन्द्र प्रशाद धमाला,जंग बहादुर बिस्ट,चक्रबहादुर बयक,रन्जना कार्की, माया जोशी,चलित्रा उपाध्याय,मातृका उपाध्याय,पवित्रा थापा भण्डारी लाई विद्यालयमा स्वागत गरिएको छ।
नि.प्रधानाध्यापक राजपुत रामसिंह बटालाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्किचुहा २ नम्बर वडा अध्यक्ष सन्तोष ओलि रहनु भएको थियोे ।
शिक्षक केशव थापाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा पुर्व प्रधानाध्यापक लोकराज पन्थी र शिक्षक अभिभावक संघका अध्यक्ष रतन सिंह मुडभरीले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन माध्यमिक तह इन्चार्ज विष्णुप्रसाद खनालले गर्नु भएकाे थियाे ।
कार्यक्रममा माध्यमिक तहका ईन्चार्ज विष्णु खनालले सरुवा भई अन्यत्र जानू भएका शिक्षकहरुले विद्यालयलाई नमुना बनाउन अतुलनीय भुमिका खेलेकाे बताउनु भयाे । खनाल भावुक हुँदै आफुलाई यसै विद्यालयमा अध्यापन गराएका शिक्षकहरुलाई आफैले बिदाई गर्दा अत्यन्तै पिडाबाेध भएकाे बताएका छन ।
कार्यक्रममा सबै शिक्षक कर्मचारीहरु भावुक भई गहभरी आँशु बगाई रहेका थिए भने विद्यार्थीहरुकाे विछाेडकाे पिडाले रुवाबासी चलेको थियाे ।
