१ जेठ/कैलालीको लम्कीचुहा नगरपालिका १ मा रहेको बिच भुरुवा ग्रामीण बिधुत सहकारी संस्थाको अध्यक्षमा पत्रकार बुद्धिमान जैसी ( बसन्त)सर्वसम्मत चयन भएका छ्न।
बिहिवार भएको १८ औं साधारणसभा बाट राजनीति समझदारी र सहमति बाट अध्यक्षमा जैसी सर्वसम्मत चयन भएका हुन।
जस्को उपाध्यक्षमा देउशर्मा जैसी, सचिव बिना भट्टराई ,कोषाध्यक्ष प्रेम आलेमगर ,सदस्यहरू जमान सिं रावल, डिल्ली प्रसाद जैसी, राजेश बिष्ट ,राधिका भण्डारी, योगेश न्यौपाने ,लेखा समिति संयोजकमा ललित न्यौपाने सदस्य भागीराम चौधरी र सर्प सिंह विश्वकर्मा सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक लोकेश खनालले जानकारी दिएका छन् ।
