बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको महुन्याल माध्यामिक विद्यालय सुदुरपस्चिम प्रदेशको नमूना विद्यालयका रूपमा छनौट भएको छ ।

जिल्ला शिक्षा कार्यालयको भएको प्रारम्भिक मूल्याङ्कन र शिक्षा विभागले गरेको अवलोकन र मूल्याङ्कनका आधारमा आवश्यक ७ वटा सूचक र मापदण्ड पूरा गरेको महुन्याल माध्यामिक विद्यालय नमुना विद्यालय छनौट भएका हो ।
नमुना बिधालय छनौटमा पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अहम भुमिका रहेको छ । आफुले गरेको शिक्षा क्षेत्रको लगानि आज महुन्याल मा बि छनौट हुदा खुशी लागेको बताए । मैले शिक्षा क्षेत्रमा बर्दगोरिया गाउँपालिकालाई देशकै नमुना बनाउन खोजेको छु, आउदा दिनहरुमा अन्य बिधालय लाई पनि नमुना बनाउन तर्फ लाग्ने बताए । यश क्रममा नमुना बिधालय छनौट गरि सहयोग गर्ने सुदुरपस्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह लगाएत सम्पुर्णलाई पालिका अध्यक्ष कुँवरले धन्यवाद व्यक्त गरेका छन ।
प्रदेश निर्वाचन क्षेत्र अन्तरगत नमुना बिधालय छनौट गर्न पहल गर्ने पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, छनौट गरि सहयोग गर्ने सुदुरपस्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह , नमुना बिधालय छनौटका लागी अहोरात्र खटिने बिधालय व्यवस्थापन समिती अध्यक्ष डबक बि क लगाएत सम्पुर्णलाई बिधालयका प्रध्यानाध्यापक चन्दृका जोशिले धन्यवाद व्यक्त गर्नु भयो ।
जिल्ला शिक्षा कार्यालय कैलालीबाट खटिएका अधिकृत कर्मचारीको टोलीले गरेका स्थलगत अवलोकन सहित ७ वटा सूचकको आधारमा गरिएको मूल्याङकन प्रमाणिकरण बाट प्राप्त प्रतिवेदनको आधारमा न्यूनत्तम आधारहरु पुरा गरि उच्चतम अंक प्राप्त गरे पश्चात नमुना विद्यालयका रुपमा छनौट गरिएको हो।
त्यस्तै, उक्त टोलीले विद्यालयको स्वमित्वको जमिन, प्रविधिको पहुँच, विद्यार्थी संख्या तीन वर्षो एसएलसी/र्एर्सइई नतिजा, शहरीकरण, यातायातको सुविधा लगायतका सूचकहरुलाई हेरि छनौट गरेको हो ।
यसरी नमुनाका रुपमा छनौट भएका विद्यालयले २०० विद्यार्थीलाई पुग्ने गरी आवासीय सुविधा सहितको भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने छन् ।
नमुना विद्यालयका रुपमा छनौट भएका विद्यालयले क्रमशः प्रशस्त कक्षा कोठा, छात्रा/छात्रको लागि अलग-अलग शौचालय, चमेना गृह, अडिटोरियन हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सञ्चार केन्द्र -सूचना तथा प्रविधि प्रयोगशाला)र इनडोर तथा आउटडोर खेल मैदान -भलिबल, फुटबल, बास्केटबल, टेबुलटेनिस आदि), छुट्टाछुटै छात्रावासको व्यवस्था लगायतका पूर्वधारहरु निर्माण गर्दै जानुपर्ने व्यवस्था रहेको छ ।