Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्षमा इन्द्र तामाङ निर्वाचित

  • कैलाली दर्पण
  • बुधबार, बैशाख २४, २०८२
भूमि अधिकार तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्षमा इन्द्र तामाङ निर्वाचित

२४ बैशाख/भूमिहीन तथा श्रमिक संगठनको केन्द्रीय अध्यक्षमा काभ्रेका इन्द्र तामाङ निर्वाचित भएका छन्।

कैलालीको टीकापुरमा सम्पन्न संगठनको दोस्रो महाधिवेशनले तामाङको अध्यक्षतामा ९ सदस्यीय पदाधिकारी र ८५ सदस्य चयन गरेको हो।

महाधिवेशनले निम्न पदाधिकारीहरू चयन गरेको छ ।

अध्यक्ष : इन्द्र तामाङ (काभ्रे)उपाध्यक्षहरू:लीला बिक (दाङ)राजकुमारी देवी सोनार (धनुषा)महासचिव: उमेश आचार्य (दोलखा)उपमहासचिव: एलबी सिंह (बझाङ)सचिवहरू:सूर्य कट्टेल (मोरङ)प्रेमबहादुर गुरुङ (कास्की)लक्ष्मी भट्ट (कञ्चनपुर)नारायण शाह (रुकुम पश्चिम)

मङ्गलवार नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा दोस्रो महाधिवेशन उद्घाटन गरिएको थियो।

उद्घाटन सभामा महासचिव पोखरेलले चाँडै भूमिहीनले जग्गाको अधिकार पाउने विश्वास दिलाएका थिए।

भूमिहीन र श्रमिक समुदायको अधिकार सुनिश्चितताका लागि आफूहरूले पहल गरिरहेको उनको दाबी थियो।

कार्यक्रममा नेताहरूले भूमि सुधार र श्रमिक हकहितको मुद्दा केवल नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्ने धारणा राखेका थिए।

भुमी अधिकार तथा श्रमिक संगठनकि अध्यक्ष शान्ता चौधरीको सभापतित्वमा भएको कार्यक्रममा स्थाइ समिति सदस्य तथा पुर्व मन्त्री भानुभक्त ढकाल ,केन्द्रीय सदस्य बिष्णु रिजाल ,झपट रावल ,कमला ओली लगायत नेताहरुको उल्लेखनीय सहभागीता रहेको थियो।कार्यक्रममा ६४ जिल्ला बाट ६ सय प्रतिनिधिहरुले अधिवेशन हरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा पन्चेबाजा,थारु नाच ,पुतला नाच ,मारुनी नाच सल्लेनी टप्पा लगायत झाकी प्रदसन गरिएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट