२३ बैशाख/नेपाल उद्योग तथा व्यवसायी महासंघको १३औं स्थापना दिवसको अवसरमा महासंघ जिल्ला समिति कैलालीको आयोजनामा भूमिअधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन स्थल टिकापुरमा बृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ४४ प्वाइन्ट रगत संकलन भएको र उक्त रगत नेपाल रेडक्रस सोसाइटी उपशाखा टिकापुरको रक्त संचार केन्द्र लाई हस्तान्तरण गरिको छ ।रक्तदान कार्यक्रममा प्राबिधिक सहयोग नेपाल रेडक्रस सोसाइटी उप शाखा टिकापुरले गरेको थियो ।
कार्यक्रम महासंघका कैलाली जिल्ला अध्यक्ष डिल्ली प्रसाद गड्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा महासंघका केन्द्रीय सदस्य प्रेम प्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन महासंघ टिकापुर नगर समिति अध्यक्ष नमराज ज्ञावलीले गर्नु भएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा उद्योगी, व्यवसायी, युवाहरू तथा सामाजिक अभियन्ता तथा राजनीति कर्मीहरूको सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदानजस्ता महत्वपूर्ण कार्यमार्फत समुदायमा योगदान पुर्याउनु महासंघको उद्देश्य रहेको जानकारी गर्दै सहभागी सम्पुर्ण रक्तदाताहरुलाई महासंघको तर्फ धन्यवाद ज्ञापन समेत गरेका छन् ।