Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लम्कीचुहामा शिक्षक हेरफेर भएका विद्यालयमा स्वागत तथा बिदाई

  • कैलाली दर्पण
  • आइतवार, बैशाख २१, २०८२
लम्कीचुहामा शिक्षक हेरफेर भएका विद्यालयमा स्वागत तथा बिदाई

२१बैशाख/ कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकाले शैक्षिकसत्र अगावै स्थानीय नगर शिक्षा ऐन अनुसार नगरपालिका भित्र सरुवा गरेका शिक्षकहरुको बिदाइ तथा स्वागत गर्ने क्रम तीब्रता पाएको छ।

सम्भुसुनन्दा आधारभुत बिधालय लम्कीचुहा ६ बाट सरुवा भएर विभिन्न बिधालयमा जाने शिक्षक प्रधानाध्यापक पुर्ण कुमार खत्री,सहायक प्रधानाध्यापक निर्मला बडुवाल स्वार, गौरीलाल खत्री,प्रेम चौधरी ,तारा चौधरी लाइ दोसल्ला ओढाएर ,मायाको चिनो सहित बिदाइ गरेको हो ।

नव आगन्तुक शिक्षक गजेन्द्र शाही,सीता रावल ,आरती खत्री,हिरालाल चौधरी ,जगत चौधरीलाई एक कार्यक्रम गरी स्वागत गरेको छ।

विद्यालय व्यवस्थापन समिति र स्टाफ बैठकद्वारा प्रधानाध्यापकमा गजेन्द्र बहादुर शाहीलाई नियुक्ति गरेको छ।  नव नियुक्ति प्रधानाध्यापक शाही कृष्ण माध्यामिक विद्यालय बाघमाराका पुर्व प्रधानाध्यापक र नगर शिक्षा समिति सदस्य समेत हुन ।

प्रधानाध्यापक शाहीले सम्भुसुनन्दा आधारभुत बिधालय लाई यसै शैक्षिकसत्र २०८२ बाट माध्यमिक तहको कक्षा ९ संचालन गर्ने बिधालयको भौतिक संरचना थप गरि बिधालय स्तर उन्नति गर्ने प्रतिबद्धता जनाएका छन ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर रोकायको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा सदस्य दुर्गा प्रशाद डांगी र पुर्व प्रधानाध्यापकहरु पुर्ण कुमार खत्री,गौरीलाल खत्री ,प्रधानाध्यापक गजेन्द्र बहादुर शाही र कमला रावतले शुभकामना मनतब्य राखेका थिए ।कार्यक्रमको संचालन शिक्षक बिश्ना बिसीले गरेकी थिइन् ।

यस्तै कृष्ण माध्यमिक बिधालय बाघमारामा नव आगन्तुक शिक्षक वासुदेव उपाध्याय ,लक्ष्मी चलाउने साउद ,सरस्वती शाही,पुर्ण कुमार खत्री,तारा चौधरी लाई स्वागत सम्मान गरिएको छ। गजेन्द्र शाही, सीता रावल ,आरती खत्री,तुल्छा भट्ट ,चम्फा चौधरी स्वार लाई बिदाइ गरेको छ।

कृष्ण माध्यमिक बिधालय बाघमाराको प्रधानाध्यापकमा डम्बरा खड्का लाई नियुक्ति गरेको छ।

यसैगरी कालिका प्राथमिक बिधालय लम्कीचुहा ८ बचैलाले पनि सरुवा हुनु भयकि संस्थापक शिक्षिका सीता बिक र कार्य अवधी सकियका बिधालय ब्यबस्थापन समितिका अध्यक्ष गोर्ख बहादुर बिस्ट्लाइ लाई दोसल्ला ओढाएर र मायाको चिनो सहित सम्मान सहित बिदाइ गरेको छ ।

यही आउदो अशोजमा अनिवार्य अबकास हुने प्रधानाध्यापक गोपाल सिह बिकले प्रधानाध्यापकको जिम्मेवारीमा शोभा थापालाई दिने स्टाफ बाट निर्णय गरेको बताए ।कार्यक्रम वडा अध्यक्ष हरी प्रशाद चौधरीको सभापतित्वमा भएको थियो।

 

सम्बन्धित समाचार
ताजा अपडेट