Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

जन्मदिनमा शैक्षिक सामाग्री हस्तान्तरण

  • कैलाली दर्पण
  • शनिबार, बैशाख २०, २०८२
जन्मदिनमा शैक्षिक सामाग्री हस्तान्तरण

 वैशाख २०/लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा निवासी लम्किचुहा नगर विकास समितिका पुर्ब अध्यक्ष तथा सामाजिक  जन्मजय भट्टराईले आफ्नो जन्मोत्सव शैक्षिक सामग्री वितरण गरेर मनाउनु भएको छ ।

भट्टराईले आफ्नो ५०औं जन्मोत्सवको अवसरमा लम्कीचुहा नगरपालिका वडा नम्बर १ पुर्वलम्कीमा रहेको
सहिद स्मृति माध्यमिक विद्यालय लाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो ।
भट्टराईले उक्त अवसरमा विद्यालयमा अध्ययनरत साना नानीबाबुको पठनपाठन तथा सिकाई सहज बनाउने उदेश्यले  ४३ इन्चको एकथान स्मार्ट टि.भी. , दुईकोठाका लागि पि फर्म सहित कार्पेट लगायत करिब ५५ हजार बराबरको शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश ढकाल एवम् प्रधानाध्यापक पुर्ण प्रसाद जैशीलाई हस्तान्तरण गर्नुभएको हो ।
शैक्षिक सामग्री हस्तान्तरण कार्यक्रममा जन्मजय भट्टराई , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ढकाल, शिक्षक रंगप्रसाद तिमिल्सैना, विद्यालय व्यवस्थापन समिति सदस्य थुमा पहराई लगायतका वक्ताहरूले जन्मजय भट्टराईलाई जन्मोत्सवको शुभकामना सहित मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पुर्ब मन्त्री एवम संविधान सभा सदस्य विशेन्द्र पासवान , विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक , अभिभावक लगायतकाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट