Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सन्त निरंकारी मण्डलले गर्यो देशभरी रक्तदान शिविर

  • कैलाली दर्पण
  • आइतवार, बैशाख १४, २०८२
सन्त निरंकारी मण्डलले गर्यो देशभरी रक्तदान शिविर

प्रकाश जोशि,बौनिया/सन्त निरंकारी मण्डल को आयोजना मा नेपाल का बिभीन्न स्थान मा बृहत रक्त दान शिविर सम्पन्न भएको छ।

सन् १९८० मा अप्रैल २४ का दिन युग प्रवर्तक सतगुरु बाबा गुरु वचन सिंह जी महाराज र उहाँका परम शिष्य चाचा प्रताप सिंह जी लाई भारतमा अकाली दलले गोली हानी हत्या गरे पछि तत्कालीन यूगदृष्ट्रा बाबा हरदेव सिंह जी महाराजको आदेश अनुसार सन् १९८६ साल २४ अप्रैल का दिन देखि रक्त दान शिविर सूरू गरिएको थियो।

” रगत नालीमा होईन नाड़ीमा बगाउ, रक्त दान जिवन दान ,अनेकता मा एकता निरंकारी मिशन को बिशेषता, धर्म होईन भावना परिवर्तन गरौ” भन्ने नारा का साथ नेपाल का २७ स्थान मा बृहत रक्त दान शिविर सञ्चालन गरेको छ।

सन्त निरंकारी मण्डल ले काठमाडौ र टिकापुर गरी नेपाल मा दूई वटा क्षेत्र मा विभाजन गरिएको छ।जस मध्य काठमाडौ क्षेत्र मा ६ सय ४४ पोईन्ट रंगत संकलन भएको छ भने टिकापुर क्षेत्र मा ५ सय ३७ गरि नेपाल भरी बाट १ हजार १ सय ८१ पोईन्ट रंगत संकलन गरिएको सन्त निरंकारी मण्डल नेपाल का केन्द्रीय सचिव अनिल महर्जन जानकारी दिनू भयो।

उहा अनूसार रक्त दानका साथै वृक्षारोपण सरसफाई अन्य सामाजिक कार्यमा पनि सहभागिता जनाउने गरेको मण्डलले काठमाडौ क्षेत्र अन्तर्गत काठमाडौ,पोखरा, स्याङ्जा, जनकपुर,बुटवल, कपिलवस्तु,  राजविराज,सल्यान,झापा,सिराहा,चितवन,सिराहा ,मोरङ,पर्सा,सर्लाहि र त्यस्तै गरि टिकापुर क्षेत्र अन्तर्गत टिकापुर, मोतीपुर,सडकपुर बौनिया, अमरावती, धनगढि, महेन्द्रनगर, अतरिया,डडेल्धूरा,दिपायल, नेपालगंज,बिरेन्द्रनगर,रोल्पा र अछाममा रक्त दान शिविर सञ्चालन गरिएको थियो।।

सम्बन्धित समाचार
ताजा अपडेट