Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरको सुझाव अनुरुप भुमी सम्बन्धि राजस्व संशोधन

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख ४, २०८२
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरको सुझाव अनुरुप भुमी सम्बन्धि राजस्व संशोधन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि:शुल्क तथा राजस्व घटाएर लालपुर्जा वितरण गर्नु पर्ने बताए अनुसार राजस्व संशोधित भएको छ ।

गत चैत १२ गते मंगलबार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले राजस्व घटाउनु पर्ने सुझाव दिएका थिए ।

सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखेका थिए । सोहि अनुरुप राजस्व संशोधित भएर आएको भुमी सम्बन्धि समस्या आयोग कैलालीका बिज्ञ सदस्य कमल सिंह रानाले जानकारी दिए । राजस्व बढी नै थियो, संशोधित भएर आयो राम्रै भयो, अब जनता पनि खुशी हुने उनले भने ।

अव्यवस्थित बसोबासिको हकमा कृषि क्षेत्रमा ५ कठ्ठा सम्मको ५ प्रतिशत, ५ कठ्ठा भन्दा बढिकाले १० प्रतिशत र आवासीय क्षेत्रको हकमा कठ्ठामा १० प्रतिशत राजस्व हुने गरि संशोधन भएर आएको बिज्ञ सदस्य रानाले जानकारी दिए ।

उनले बर्दगोरिया गाउँपालिकामा जग्गा नाप जाँच कार्य सम्पन्न भइसकेका छन । राजस्व संशोधन भएपछि पुर्जा बाँड्न सहज हुने उल्लेख गरे । जनताको अवस्था नफेरिए सम्म व्यवस्था परिवर्तनले मात्रै केही उपलब्धि नहुने भन्दै उनले सरकारले जनताको सहजता र न्यायको पक्षमा काम गर्नु पर्ने कुरामा जोड दिए ।

सम्बन्धित समाचार
ताजा अपडेट