१६ चैत/कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा १ दिने मेलमिलाप तथा न्याय निरुपण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार लम्किचुहा ६ को आयोजना वडा कार्यालयको हलमा आयोजित गरिएको कार्यक्रमा वडा अध्यक्ष लोकेन्द्र कठायतको सभापतित्वमा र नगर उप-प्रमुख तथा न्यायीक समिति संयोजक जुना चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथी न्यायिक समिती संयोजक तथा लम्किचुहा नगरपालिका उप प्रमुख जुना चाैधरिले मेलमिलापकर्ताहरुलाई न्यायिक कार्य सम्पादन गर्नमा सहजता ल्याउन , कानुनमा उल्लेख भएका विषयको जानकारी गराउन यो कार्यक्रमको आयोजना गरिएको बताईन् । साथै सु व्यवस्थित तरिकाले कार्य सम्पादन गर्न सजिलो होस, न्याय कसरी प्रदान गर्ने भन्ने उद्देश्यले कानुनी सचेततना सम्वन्धी अभिमुखिकरण संचालन गरेको जानकारी दिईन् ।
अहिले न्यायिक समितिमा विवादहरु आयो भने वडामा पठाएर मेलमिलापकर्ताहरबाट हेर्ने व्यवस्था मिलाएको बताईन् । साथै मेलमिलापकर्ता वडा अध्यक्ष, सदस्य, वडा सचिव टोल विकासका अध्यक्ष लगायतलाई तालिम दिएर न्याय दिन के गर्ने कसरी संचालन गर्ने भन्ने विषयमा काम भईरहेको बताईन् ।
कार्यक्रमका सभाध्यक्ष एवम वडा नं. ६ का वडा अध्यक्ष लोकेन्द्र कठायतले न्याय सम्पादन गर्न सहज होस भनेर यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै वडामा पनि न्यायपालिकाको स्थापना भएपछि सबैले यहीबाट सेवा पाउने गाँउघरमा भएका समस्याहरुको यतै समाधान गर्ने मेलमिलाप गर्ने उदेश्य सहितको यो तथालिमको आयोजना गरिएको बताए ।
यसैगरी कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष माया बिस्ट ,न्यायीक समिति सदस्य मिना चौधरी ,वडा सचिव नरेन्द्र बहादुर थ्यायत लगायतले आ आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा वडाका जनप्रतिनिधि राजनीतिकदलका प्रतिनिधि ,भलमन्सा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको संचालन न्यायीक समिति कानुनी सल्लाहकार रुपा चौधरीले गरेकी थिइन् ।