५ चैत/कैलालीको लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मतदान सम्पन्न भएको छ ।
पाँच सय २९ मतदाता रहेको क्याम्पसमा ४ सय ४३ मत खसेको निर्वाचन समितिले जनाएको छ।
अहिले मतपेटिका सुरक्षित गर्दै मुचुल्का उठाउने तयारी भइरहेको छ । छलफलपछि मत गणना आज नै हुने संयोजक सरोज कुमार शाहले जानकारी दिए ।
लम्की बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५ सदस्य पदका लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल(क्रान्तिकारी) र अनेरास्ववियु र अनेरास्ववियूको संयुक्त प्यानलको उम्मेदवारी रहेको थियो । उपाध्यक्ष, सहायक सचिव र ३ सदस्य समानुपातिक प्रणालीबाट निर्वाचत हुने छन् ।
मतगणनामा नेविसंघ, अखिल(क्रान्तिकारी र अनेरास्ववियुबीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।