Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

सुर्खेतमा पिकनिक खान गएको गाडी दुर्घटना;२६ जना घाईते

  • कैलाली दर्पण
  • बुधबार, कार्तिक २१, २०८१
सुर्खेतमा पिकनिक खान गएको गाडी दुर्घटना;२६ जना घाईते

२१ कार्तिक/सुर्खेतमा पिकनिक खान गएकाहरु सवार गाडी दुर्घटनामा परेको छ । बुधबार जिल्लाको रामघाटबाट पिकनिक (वनभोज) खान वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

सुर्खेत प्रहरीका अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको छ । गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । यस्तै केही मध्यम खालको छन् भने केही सामान्य घाइते रहेका छन् ।

सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको उनले बताए ।

सम्बन्धित समाचार
ताजा अपडेट