१३ कार्तिक/कैलालीको लम्कीमा खनाल सेवा समाज (घृत कौशिक गोत्र) लम्किचुहाको पारिवारिक मिलन तथा शुभ दिपावलि,छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार खनाल सेवा समाज लम्कीचुहाको भेलाले अध्यक्षमा मनिराम खनालको नेतृत्वमा १९ सदस्यीयको नयाँ कार्यसमिति गठन गरेको छ ।
जस्को उपाध्यक्षमा चन्द्र प्रसाद खनाल,सचिव लाेकेश खनाल सहसचिव नामकर खनाल,काेषाध्यक्ष डम्बरा खनाल रहेका छन।
यसैगरी सदस्यहरुमा नवराज खनाल ,धनन्जय खनाल,टिकाराम खनाल ,पाना खनाल ,उदयराज खनाल ,प्रेम प्रशाद खनाल ,सुर्य खनाल ,रत्ना खनाल ,चक्र खनाल ,गोकर्ण उपाध्यय खनाल ,भरत खनाल सहित १९ सदस्यीय लम्किचुहा नगर कार्यसमिति सर्वसम्मत गठन गरिएको छ।
सल्लाहकार संयोजकमा नवराज खनाल, सदस्यमा विष्णु प्रसाद खनाल,नेत्र प्रसाद खनाल,तिलक खनाल,उदयराम खनाल,विपी खनाल रहेका छन् ।
आयोजक समितिका संयोजक चन्द्र प्रशाद खनालको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी खनाल सेवा समाज नेपालका केन्द्रिय उपाध्यय नवराज खनाल ,बिशिस्ट अतिथी लम्किचुहा वडा नम्बर १ का वडा अध्यक्ष नेत्र प्रशाद खनाल ,पन्चदेवल बिनायक नगरपालिका ८ का पुर्व वडा अध्यक्ष तारा प्रशाद खनाल ,नव निर्वाचित अध्यक्ष मनिराम खनालले शुभकामना मनतब्य राख्नु भएको थियो ।
कार्यक्रममा ५ जेष्ठ सदस्य हरुलाइ सम्मान समेत गरिएको थियो ।
लोकेश खनालले संचालन गरेको कार्यक्रममा १ सय ५० जनाको उपस्थिति रहेको थियोे ।
