Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

पूर्णिमा सामुदायिक वनद्वारा खाद्यान्न वितरण

  • कैलाली दर्पण
  • शनिबार, अशोज १९, २०८१
पूर्णिमा सामुदायिक वनद्वारा खाद्यान्न वितरण

१९ असोज/पुर्णिामा सामुदायिक वन उपभोक्ता समूहले खाद्यान्न वितरण गरेको छ।

कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरमा रहेको पुर्णिामा सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक कार्ययोजना अनुसार बिपन्न बर्गका उपभोक्ताहरु लाई खाद्यान्न वितरण गरेको छ।

शनिबार सामुदायिक बनले अपाङ्ग ,दलिय ,मुक्त कमैया बिपन्न बर्गका ३० जना उपभोक्तालाई राहत स्वरुप २५ किलाोको १ कट्ठा चामल ,२ किलो दाल ,२ लिटर तेल र ३ पोका आयोडिन नुन एक कार्यक्रमका बिच उक्त खाद्यान्न बितरण गरिएको हो।

समुहका अध्यक्ष बिपत राम चौधरीको सभापतिमा भएको कार्यक्रममा प्रमुख अतिथी वडा अध्यक्ष तारा प्रशाद अधिकारी ,बिशिस्ट अतिथी सव डिभिजन वन कार्यलय लम्किका सहायक वन अधिकृत शेर बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मनतब्य समुहका उपाध्यक्ष शंकर ढकालले गर्नु भएको थियोे भने कार्यक्रमको संचालन सचिव मिना खनालले गर्नु भएको थियोे ।

सम्बन्धित समाचार
ताजा अपडेट