१६ असोज/पृते औसीको अवसरमा लम्किचुहा नगरपालिका ६ भवानिपुर खल्लामा बृहत देउडा कार्यक्रम हुने भएको छ । पन्चकोशी साँस्कृतिक परिवार लम्किचुहा ६ बाघमाराको आयोजनामा असोज १६ गते बृहत देउडा खेल कार्यक्रम हुने जनाइएको छ।
हिन्दू धर्म अनुसार १६ श्राद्दको आज अन्तिम दिन २०८१ साल असोज १६ गते पृती बिसर्जन अथवा पृती औँसीको दिन उक्त कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा चर्चित डेउडा कलाकार प्रकाश शाह र केशरी बोहरा आकर्षक कलाकार रहेका छन् ।
यसैगरी देउडा कलाकार निर्मला शाही हस्तना बिसी पश्चिमा बम मोतिकला बिक नम्रता जैसी कल्पना खड्का ,धनसरा साउद ,हिउकला भण्डारी ,निर्मला भण्डारी ,धना भणडारी सरस्वती बुढा ,नानी दमाई साबित्रा धामी ,नेत्र बहादुर खड्का ,बल बहादुर बोगटी ,सर्पराज जैसी,दिपक रिमाल ,लालमनी देवकोटा ,भोजराज भट्ट ,देविराम अधिकारी ,धुर्व बडुवाल ,शिवराज जैसी,चेतन खनाल ,बालकृष्ण थापा पदमलाल जैसी बिष्णु खनाल ,बृख बयक र प्रेम प्रशाद सन्ज्याल लगायतको बेजोड प्रस्तुत रहने साथै स्थानीय कलाकारहरु लाई सम्मान समेत गर्ने कार्यक्रम रहेको पन्चकोसी साँस्कृतिक परिवारका सचिव टिकाराम जैसीले बताए ।
स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुदूरपश्चिमको पहिचान देउडा खेल कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।
पिर्तिको स्मृतिमा पन्चकोशि साँस्कृतिक परिवारले बिगत २०७४ साल देखि हरेक बर्ष पिर्ती औसीको अवसरमा सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक सस्कृती बृहत डेउडा खेल ,मारुनि नाच ,थारु समुदायको थारु नाच सहित को सास्कृतिक कार्यक्रम गर्दै आइरहेको छ।