२४साउन/गुरही पर्वको अवसरमा बर्दगोरिया गाउँपालिकाले स्थानिय बिदा दिएको छ।
थारू गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरही पर्वको अवसरमा बर्दगोरिया गाउँपालिकाले स्थानिय बिदा दिएको हो।
गाउँपालिकाले बिहिबार स्थानीय बिदा सम्बन्धी सूचना जारी गर्दे गुरही पर्वको दिन बर्दगोरिया गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, स्वास्थ्य संस्थाहरु (आकस्मिक सेवा बाहेक),शैक्षिक संस्थाहरु एवम् संघ संस्थाहरुमा स्थानीय बिदा रहने जनाएको छ।
गुरही पर्व यो वर्ष श्रावण २५ गते शुक्रबारको दिन परेको छ। पश्चिमवासी थारू समुदायले हरेक वर्ष नागपञ्चमीको दिन गुरही पर्व मानाउँदै आएका छन्।
बर्दगोरिया गाउँपालिकामा गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायको चाडको शुरुवातको रुपमा लिइने गुरही पर्व श्री जनजागरण युवा क्लब र कैलाली इभेण्ट एण्ड मिडिया नेटवर्क प्रा.लि को आयोजनामा साउन २५ गते बर्दगोरिया ६ पृथ्वीपुर,गुरही चौकमा सामूहिक रुपमा गुरही पर्व मनाइने भएको हो ।