Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

गोदावरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

  • कैलाली दर्पण
  • बिहिबार, असार २८, २०८१
गोदावरीमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

२७असार /कैलालीको गोदावरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट