Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियाले बाँड्यो ५० प्रतिशत अनुदानमा धानको बिउ

  • कैलाली दर्पण
  • शुक्रबार, बैशाख २८, २०८१
बर्दगोरियाले बाँड्यो ५० प्रतिशत अनुदानमा धानको बिउ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेकाे  मिलन कृषक समूह मार्फत किसानलाई  ५० प्रतिशत अनुदानमा  धानको बिउ वितरण गरेको छ।

श्री मिलन कृषक समुहका अध्यक्ष करण चौधरीकाे अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री मानिय रामेश्वर चौधरी यस्तै अतिथिमा बर्दगोरिया गाउँपालिका वडा न ५ का अध्यक्ष भोलेराम चौधरी ,बर्दगोरिया गाउँपालिका वडा न ६ का अध्यक्ष रामकृष्ण डगौरा थारु बर्दगोरिया गाउँपालिका वडा न ३का अध्यक्ष मनऋषि आचार्य ,कृषि ज्ञान केन्द्र प्रतिनिधि धनगढीका अरुण चपाई , बर्दगोरिया गाउँपालिका कृषि शाखाका प्रतिनिधि रमेश देवकोटा रहेको थिए ।

पछिल्लो समय बर्दगोरियामा गरिदै आएको पुरानो जातको धानको उत्पादनमा ह्रास आउदै गएपछि नयाँ जातको धान अन्तरगत (सर्जु ५२) जातको बिउँ वितरण गरिएको हो । पछिल्लो समयमा कृषकहरु धनको बिउँ महगोका कारण किन्न धौधौ हुन्थ्यो त्यो मध्यनजर गर्दै किसानलाई ५० प्रतिशत अनुदानमा सो बिउ वितरण गरिएको हो । शुक्रबार भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री  रामेश्वर चौधरीले किसानलाई नयाँ जातको धनको बिउ (सर्जु ५२) वितरण कार्यको उद्घाटन गरेका छ्न ।

जसअनुसार उत्पादनमा राम्रो वृद्धि देखिएपछि किसानको आकर्षण गतवर्ष भन्दा यो वर्ष दोब्बर देखिएको छ । धानको गुणस्तरीय बिउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बिउँको विस्थापित र धानमा आत्मनिर्भर बनाउन यसले ठूलो फाइदा पुग्ने पालिकाका भरिका कृषकहरु लाई ५१० बोरा धान वितरण गरेको भुमि व्यवस्था कृषि तथा सहकारी पुर्व मन्त्री चौधरीले बताए ।

बर्दगोरिया गाउँपालिकामा धान खेती भएपनि बर्षौदेखि एउटै बिउको प्रयोग हुँदा उत्पादन, गुणस्तर र रोग किराको समस्या देखियो,’ उनले भने ‘गुणस्तरीय बिउँ उत्पादन गरेर धान उत्पादन र गुणस्तर सुधार गर्ने उद्देश्यले यो कार्य थालिएको कृषि ज्ञान केन्द्रका प्रतिनिधि शाखा प्रमुख अरुणले बताए । धान तीन महिनामै तयार हुने अपेक्षा राखिएको छ । जसले उत्पादन शक्ति बढाउनुका साथै पालिकालाई धानमा आत्मनिर्भर गराउन मद्दत पुर्याउने छ ।

सम्बन्धित समाचार
ताजा अपडेट