Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

कर्णाली नदीमा डुबेर ५५ वर्षिय पुरुष बेपत्ता

  • कैलाली दर्पण
  • बिहिबार, बैशाख २०, २०८१
कर्णाली नदीमा डुबेर ५५ वर्षिय पुरुष बेपत्ता

बैशाख २०/कैलालीको कर्णाली नदीमा नुहाउने क्रममा बगेर एक पुरुष  बेपत्ता भएका छन्।

जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७  पितमारीका ५५ बर्षका दिल बहादुर शाही  मोहन्याल ७ वाका स्थित कर्णाली नदिमा नुहाउने क्रममा बेपत्ता भएका हुन।

बिहिवार बाख्रा ब्यापारको सिलसिलामा  बिहान घर बाट कचाली गएका उनी करिव ११ बजे कचाली  बाट फर्किएर  वाका स्थित होटेलमा नास्ता  खाइ कर्णाली नदिमा नुहाउन गएका थिए ।

नदिमा बग्दै गरेको अवस्थामा  देखेको उनी  सङै गएको स्थानीय  करिब १३ बर्षको तपि बिस्ट्ले जानकारी दिएका हुुन ।

उनको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यलय चिसापानीले जनाएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट