निर्मला शाही बौनिया/कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ६ सोल्टामा रहेको श्री बाह्र बण्डाल सामुदायिक वन उपभोक्ता समुहले वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’ तथा मोहन्याल गाउँपालिकाको वन ऐन २०७८ र कार्यपालिकाको २०८० पौष २४ गतेको बैठकको निर्णय अनुसार सामुदायिक वनले रकम जम्मा गरेको हो ।
वनले १० प्रतिशत रकम स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरेको बाह्रबण्डाल सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष रतन बिष्टले बताए ।
आर्थिक वर्ष २०८०/०८१ को पौष मसान्तसम्म भएको २३लाख १४हजार १सय ३० रुपैया जम्मा कारोबार बाट हुन आउने १० प्रतिशत रकम बराबर रु २ लाख ३१ हजार ४सय १३ रुपैयाँ मोहन्याल गाउँपालिकाको स्थानीय सरकार सञ्चित कोषमा जम्मा गरिएको जनाइएको छ ।

बाह्रबण्डाल सामुदायिक वन उपभोक्ता सामुदायिक वनले संघीयताको मर्म अनुसार स्थानीय सरकार सञ्चित कोषमा वन पैदावार बिक्रीबाट प्राप्त आएको रकम १० प्रतिशत रकम जम्मा गर्नेमा सामुदायिक वन उपभोक्ता समुह पाचौं भएको छ ।
मोहन्याल मा सबै सामुदायिक वन बाट १०५ जम्मा गरे पछि करीब २ करोड जति राजस्व जम्मा हुने अनुमानित गरिएको छ।