चैत २७ बर्दगोरिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा नेपाल यूथ फाउण्डेशन नेपाल को आर्थिक सहयोगमा मुक्त कमलरी बिकास मञ्च द्वारा १० दिने चिया नास्ता तालिम सम्पन्न गरेको छ।
“सिप सिकौ स्वावलम्बी बनौ, एक घर एक सहकारी, एक घर एक रोजगारी” भन्ने नारा सहित चैत १७ गते देखि सुरु भएको १० दिने
तालिम समापन भएको हो ।
कैलाली मुक्त कमलरी बिकास मञ्चकि अध्यक्ष बिन्द्रा चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । विशिस्ट अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द बि.क, र पूर्व २ नम्बर वडा अध्यक्ष भेखु चौधरी, मुक्त कमलरी बिकास मञ्च केन्द्रिय अध्यक्ष हिरा चौधरी रहेका थिए ।
कार्यक्रममा प्रमुख अथितिको आसान बाट बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले तालिम लिएर मात्र नहुने बताए । जब सम्म हामीले सिकेको सीप व्यवहारिक रुपमा सदुपयोग गर्दैनौ तब सम्म सीप हुदा हुदैपनी बेरोजगार हुन्छौ । त्यसैले जुन उद्देश्यका साथ मुक्त कमलरी विकास मञ्चले १० दिने व्यवसायीक चिया तथा नास्ता तालीम दिएको छ, त्यसलाई व्यवहारिक जिवनमा लागू गरि आफ्नो आर्थिक व्यवस्था लाई मजबुत बनाउदै तालिम दिने सस्था लाइ पनि थप हौसला प्रदान गर्ने समेत अनुरोध गरेका छन ।
मुक्त कमलरी विकास मञ्चले नेपाल यूथ को आर्थिक सहयोग मा तपाईहरु लाई होटल संचालन को लागि करिब २५ हजार बराबरको खाना नास्ता पकाउने सामग्री ग्यास चुलो, आदी पकाउने भाडाकुरा सहित अन्य सामग्री वितरण गरेको छ ।
रुपमणि चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन रजनि चौधरीले गरेकी थिईन ।
१० दिन सम्म संचालन भएको तालीमको प्रशिक्षण सुरेन्द्र चौधरी र गीता चौधरीले गराएका थिए । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
