सुखड कैलाली । गोरखामा आयोजना भईरहेको यु१३ राष्ट्रिय फुटबल प्रतियोगिताका लागि घोडाघोडी फुटबल एकेडे्मी छनोटमा परेको छ । स्थापनाको १ बर्षमा नै एकेडेमी छनोटमा परेको हो । घोडाघोडीको मात्र नभई सुदुरपश्चिमको नै प्रतिनिधित्व गर्दै एकेडेमीले प्रतियोगितामा भाग लिने अवसर पाएको छ । यसै बिच एक कार्यक्रमका बिच खेलाडिहरुको बिदाई गरिएको छ ।
एकेडेमिका सञ्चालक जिवन भट्टराईको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि सहभागि हुने टोलिको बिदाई गरिएको हो । कार्यक्रममा बोल्दै वडा न ८ का वडा सदस्य अप्सरा सुनारले राष्ट्रिय फुटबल प्रतियोगिताका लागि यस क्षेत्रको एकेडेमी छनोट हुनु खुशिको कुरा रहेको भन्दै सफलताको शुभकामना दिईन ।
टोलिलाई शुभकामना दिदै स्थानिय ब्यापारि पहल देउवाले सुुदुुरपश्चिामको प्रतिनिधि गर्दै खेल खेल्न पाउनुु राम्रो अवसर रहेको बताए ।
बिदाई कार्यक्रममा बोल्दै शिक्षक लक्ष्मी प्रसाद शर्माले भने, घोडाघोडी एकेडेमिले सुनौलो अवसर पाएको छ । स्थापनाको एक बर्षमै राष्ट्रिय फुटबल प्रतियोगितामा छनोट हुुनुु भाग्यमानी हो । उनी भन्छन,यसरी उत्पादन भएका खेलाडीहरुलाइ कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा सहयोग गर्न हामी तयार छौ ।
प्रतियोगिताका बारेमा जानकारी दिदै एकेडेमिका सञ्चालक जिवन भट्टराईले खेलमा सुदुरपश्चिमकै प्रतिनिधिका रुपमा जान पाउदा निकै खुशि लागेको बताए । उनले भने,ऐकेडेमी सञ्चालन गर्दा निकै कठिन परिस्थितिहरु पार गर्दै आयौ जस्का कारण आज यो अवसर प्राप्त गर्न सफल भयौ ।
टिम खेल्न पाउनेमा खुशि हुदा पनि सहयोगका लागि भने स्थानिय निकायले कुनै चासो नदेखाउदा दुख लागेको उनले बताएकबा छन । सुदुरपश्चिमकै प्रतिनिधिका रुपमा हाम्रो टिम गईरहेको छ उनले भने, सहयोगका लागि वडा न ८ को कार्यलय,नगरपालिकाले कार्यलय गयौ तर सहयोगका लागि वेवास्ता गरियो ।
अन्य पालिकाले खेललाई कति महत्वका साथ लिने गरेका छन उनी भन्छन,तर हाम्रो पालिकामा खेलको महत्व छैन । पालिकाले सहयोग नगरेपनि अन्य बैदेशिक रोजगारमा रहेका युवाहरुले भने सहयोग गरेको उनले जानकारी दिए । घोडाघोडी नगरपालिकाकै जापानबाट भरत चन्द,नाईजेरियामा रहेका हर्क चन्द,मुम्बईमा रहेका राजेन्द्र शाहि र भरत शाहिले ट्रयाक सुट, टिसर्ट,गेम जर्सि,टोपि र चस्मा सहयोग गरेका छन । प्रतियोगितामा सहभागि हुनका लागि ब्यक्तिगत रुपमा अन्य ब्यक्तिहरुले पनि आर्थिक सहयोग गरेका छन ।
खेलका लागि दिपेश शाहिको क्याप्टेनमा रोशन शाहि,जनक बिक,चन्द्र दमाई,निरज बुुढा राजेश बिक,कपिल बिष्ट,आर्यन नाथ,धन बहादुुर रावत,खगेन्द्र परियार,कृष्ण सुनार,दिपेन्द्र बिक छनोटमा परेका छन । टिम कोचका रुपमा जिवन भट्टराई रहेका छन ।
घोडाघोडी फुटबल ऐकेडेमी संगै देशैभरिबाट नव जन जागृति युवा क्लब बारा, लक्ष्मि सामुदायिक शिक्षा सदन गोरखा,द वल्ड क्यापिटल माध्यमिक बिद्यालय गोरखा,वालिङ युनाईटेड स्याांजा,समाज कल्याण खेलकुद बिकास केन्द्र काठमाण्डौ,बाल्मिकि शिक्षा सदन चितवन,स्यासि स्पोर्टस एकेडेमी चितवन,काकडभित्ता फुटबल टे«निङ सेन्टर झापा,थ्रि स्टार क्लब ललीतपुर,बिराटनगर सिटि फुटबल क्लब मोरङ,द ओसन क्लब गोरखाले प्रतियोगितामा भाग लिनेछन । खेल यहि चैत्र २७ गते देखि बैशाख १ गते सम्म गोरखामा हुुनेछ ।