Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बसन्तमुरारी माविमा कक्षा-१२ का विद्यार्थीलाई बिदाई तथा नयाँ बर्षको शुभकामना आदानप्रदान

  • कैलाली दर्पण
  • सोमवार, चैत्र १९, २०८०
बसन्तमुरारी माविमा कक्षा-१२ का विद्यार्थीलाई बिदाई तथा नयाँ बर्षको शुभकामना आदानप्रदान

१९ चैत्र /कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको बसन्त मुरारी नमुना मा. बि ले कक्षा १२ मा अध्यन्तर बिद्यार्थीहरुलाई बिदाई तथा नया बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

कक्षा ११ का छात्र तथा कार्यक्रम संयोजक महेश रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा विद्यालयका प्रधानाध्यापक तारा प्रसाद जोशी रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिति कुँवर ले शिक्षा क्षेत्रमा हामीले विकाश गर्न को लागि +2 विज्ञान संगै इलोक्ट्रोनिक इन्जिनियर पठनपाठन गरिने बताए । साथै अध्यक्ष कुँवरले कक्षा नर्सरि देखि कक्षा ६ र कक्षा ९ मा अंग्रेजी माध्यम पढाउने योजना समेत रहेको बताएका छन ।

कार्यक्रममा विशिष्ट अथितिको आसनबाट बोल्दै तारा प्रसाद जोशीले हामीले बिद्यार्थीहरुलाई सम्झने दिन अब बिद्यार्थीहरुले ब्यवहारिक बनेर अघि बढे पछि गर्व लाग्ने बताए । जोशिले भने किताबी ज्ञान मात्र ज्ञान होइन,ब्यवहारिक र संस्कारी ज्ञान सिक्नु ठूलो कुरा हो ।

बिधालयमा कक्षा १२ मा डिजिटल बोर्ड बाट पठनपाठन सुरु भएको बताउदै जोशिलेले भने विद्यार्थीहरुलाई बिद्यालय बाट मात्र औपचारीक बिदाई भएको अब भोली को दिनहरुमा समाजमा उदारणिय र नेतृत्व गर्न सक्ने बन्न सुझाव दिए ।

कार्यक्रममा विद्यालय का पूर्व प्रधानाध्यापक भुमी प्रकाश बम, पुर्ब साहयक प्रधानाध्यापक बल राज भाट, +2 ईन्चार्ज शशी शाही, नि. मा.वि ईन्चार्ज खकेन्द्र आचर्य, प्रा. बि ईन्चार्ज गणेश दाहालले सबै विद्यार्थीहरुलाई प्रगतीको शुभकामना दिएका थिए ।

कक्षा ११ की छात्रा आशिका बुढाको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमको संचालन रमिता जोशी र मनोज साउदले गरेका थिए ।

सम्बन्धित समाचार
ताजा अपडेट