Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

लघुबित्त मिलन केन्द्र चाैमालाकाे अध्यक्षमा खनाल 

  • कैलाली दर्पण
  • आइतवार, चैत्र ४, २०८०
लघुबित्त मिलन केन्द्र चाैमालाकाे अध्यक्षमा खनाल 

चैत ४, कैलाली/कैलाली जिल्लाकाे गाैरिगंगा नगरपालिका भित्र कार्यलय रहेका लघुबित्त बित्तिय संस्थामा कार्यरत कर्मचारी हरुकाे मिलन केन्द्र गठन गरिएको छ ।

आइतबार चाैमालामा एक भेलाका बिच ती लघुबित्त हरुमा कार्यरत कर्मचारी हरुले इन्फिनिटि लघुबित्तमा कार्यरत तपेन्द्र प्रसाद खनालकाे अध्यक्षतामा काेषाध्यक्ष पछि थप्ने गरि १२ सदस्यीय मिलन केन्द्र गठन गरेको हाे । मिलन केन्द्रकाे उपाध्यक्षमा अभियान लघुबित्तका काशीराम काेइराला, सचिवमा युनिक नेपालका हरि प्रसाद जाेशि,सह सचिवमा सुर्याेदय बाेलिका मकर प्रसाद भट्टराई रहेका छन् ।

यसैगरि साेहि मिलन केन्द्रका सदस्यहरुमा किसान लघुबित्तका खेम राज भाट, लक्ष्मी लघुबित्तका भत्त बहादुर धामी , नेरुडे मिर्मिरेकि शान्ति खड्का , फरवार्ड माइक्राेफाइनान्सका इन्द्र राज चाैधरि लगायत रहेका छन् ।

लघुबित्त मिलन केन्द्रले लघुबित्त कर्मचारिहरु बिचकाे सम्बन्ध लाइ प्रगाण बनाउदै पछिल्लो समयमा लघुबित्त माथि पाेखिदै गएको गलत प्रचारलाइ चिर्न याे मिलन केन्द्रले कार्य गर्ने मिलन केन्द्रका अध्यक्ष खनालले जानकारी दिनु भएकाे छ । साथै अध्यक्ष खनालले बताए अनुसार यस मिलन केन्द्रले विभिन्न समयमा सामाजिक कार्यहरु समेत सञ्चालन गर्दै जानेछ ।

साथै यश लघुबित्त कर्मचारी मिलन केन्द्रको अर्को बैठक २०८१ साल बैशाख ४ गते अभियान लघुबित्त बित्तिय संस्थाको कार्यलयमा बस्ने जानकारी मिलन केन्द्रका सदस्य पदम राज चाैलागाइले दिनु भएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट