बाैनिया/कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १० मा रहेको सेती भिजन एकेडमीले १५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष नृप बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्किचुहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हर्क बहादुर कठरिया, बिशिष्ट अतिथिमा लम्कि बहूमुखि क्याम्पस प्रमुख महेश बिक्रम थापा, बिशिस्ट अतिथी लम्किचुहा नगरपालिका प्यापसन का अध्यक्ष मोहन ढुंगाना ,लम्कि बहूमुखि क्याम्पसका सहायक प्रमूख तथा सेति भिजन एकेडमीका प्रमुख व्यवस्थापक जनक बिष्ट, साहारा घरका संञ्चालक बल बहादुर बिष्ट रहेका थिए ।
विद्यालयका प्रिन्सिपल भरत कुँवरको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अथिती अध्यक्ष हर्क बहादुर कठरियाले बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावक बिचको सुमधुर सम्बन्धले शिक्षण सिकाई प्रभावकारी हुने बताए । यश बिधालयले बिद्यार्थीको पठन पाठनमा ध्यान दिन आग्रह गर्दै बिधालयलाई अगाडी बढाउन आफुले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सीपल एवम् व्यवस्थापक भरत कुँवरले यस बिधालयमा शिक्षण शिकाई प्रभाबकारी रहेको र विद्यार्थीहरूले यस क्षेत्र मै उत्कृष्ट नतिजा दिई रहेको अझै राम्रो गर्ने तयारी गरिरहेको बताए । यस्तै विद्यालयमा शान्त वातावरण प्रयाप्त खेलमैदान भएको र विद्यार्थीहरू नगर खेलकूद प्रतियोगितामा उत्कृष्ट भएकाले आफुहरू विद्यार्थीको उज्जल भविष्य निर्माण गर्न बिधालयले पुर्याउनु पर्ने सबै मापदण्ड पुगाउने बताए ।
कार्यक्रममा लक्ष्मी ग्रामीण विधूत सहकारी संस्थाका अध्यक्ष नेत्र देउवा, मनकामना ग्रामीण विधूत सहकारी संस्थाका अध्यक्ष कमान सिंह खड्का, नव बालवाटिका विद्या मन्दिरका संस्थापक प्रमोद मल्ल,सी टि एफ नेपाल का ट्रेनर हिरा के सी, चुहा स्वास्थ्य चौकी प्रमुख मनरूप न्यौपाने ,अस्थाई प्रहरी पोष्ट चुहाका प्रमुख तप्त सिंह साउद, नवदूर्गा मावि मालभंगा प्रधानाध्यापक धनविर कुँवर, सुर्योदय प्रावि तोरीपुरका प्रधानाध्यापक निम प्रसाद कठरिया,सरस्वती प्रावि डम्मरीयाका प्रधानाध्यापक भरत कुँवर, न्यू ओम स्टार पव्लिक ईङ्गलिस स्कुलका प्रिंसिपल फेरू चौधरी, सून्दर सगरमाथा ईङ्गलिस बोर्डिंग स्कूलका प्रिंसिपल सगराम चौधरी, NNSWO कन्चनपुरका कर्मचारी मान बहादुर महरा, बौनिया जेसिज बर्ष २०२४का अध्यक्ष बिर बहादुर बिष्ट लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
यसैगरी विधालमा भएका विभिन्न खेलकुद गतिविधिमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरू लाई पुरस्कार वितरण गरिनुका साथै विद्यालयका विद्यार्थीले विभिन्न भेसभुसाका सास्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए।
कार्यक्रमको संचालन विद्यालयका सहायक प्रिन्सीपल दिल बहादुर बिस्टले गरेका थियोे ।




