बौनिया/बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा रहेको श्री बसन्त मुरारी माध्यमिक विद्यालयले २१औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंक कुवरको सभापतित्व भएको कार्यक्रमका प्रमूख अतिथि सूदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो ।यसैगरी बिशिष्ट अतिथिमा सूदूरपश्चिम प्रदेशका कृषि सहकारी तथा भुमि सहकारी मन्त्रि रामेश्वर चौधरी र बर्दगोरिया गाउपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनू भएको थियो।
विद्यालय व्यवस्थापन समिति का सदस्य जगत साउदको स्वागत मन्तव्य संगै सूरू भयको कार्यक्रममा बर्दगोरिया गाउपालिका उपाध्यक्ष गणेश राज गिरी, १नम्बर वडा अध्यक्ष मिथून गौतम, २नं. वडा अध्यक्ष गोविन्द बि क, ३ नं. वडा अध्यक्ष मनॠषि आचार्य, शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट,नेपाली कांग्रेस बर्दगोरिया सभापति कृष्ण बहादुर बिष्ट, नेकपा एमाले बर्दगोरिया अध्यक्ष मधूकर सिजापति, नेकपा माओवादीका गाउ कमीटी अध्यक्ष राम बहादुर साउद ,एकीकृत समाजवादी पार्टी का अध्यक्ष लक्षीराम अधिकारी राष्ट्रीय जनमोर्चा गाउ कमीटी अध्यक्ष रूपा आले, वडा नम्बर २ का निर्वतमान वडा अध्यक्ष भिखु चौधरी वडा नम्बर ३का निर्वतमान वडा अध्यक्ष करने सूनार,बाैनिया बजार व्यवस्थापन समिति अध्यक्ष अमर बम, साहारा घरका संञ्चालक बल बहादुर बिष्ट,नेपाल रेडक्रस सोसाईटी बौनिया उप शाखा सभापति लक्ष्मी राज जैसी,सन्त निरंकारी मण्डल बौनिया शाखा मुखि बिजय सिंह कूवर,विधालय का प्रध्यानाध्यापक तारा प्रसाद जैसी लगायतका ले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालका लेखापाल गणेश प्रसाद जोसीले ५ करोड़ १६ लाख ९५ हजार ४ सय ३८.८३ बराबर को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
यसैगरी कार्यक्रममा यस विधालयका हरेक कार्यक्रम पत्रकारीताको माध्यमबाट शैक्षिक गतिविधिलाई उच्च प्राथमिकताका साथ स्थान दिएको भन्दै पत्रकार रमेश बम, उत्कृष्ट कृषक तथा यस विधालय का पूर्व विद्यार्थी सत्य नारायण चौधरी, विधालय का पूर्व प्रध्यानाध्यापक भुमि प्रकाश बम, उत्कृष्ट कृषि क्षेत्रमा योगदान गरे वाफत कालु हमाल, विधालय का निवर्तमान शिक्षक उत्तम उपाध्याय, असल अभिभावक अञ्जली चौधरी,वाल बिकासकी शिक्षिका हेमा बम लाई दोसल्ला सहित सम्मान गरिएको छ।
साथै एस. ई. ई मा उत्कृष्ट भएका, खेलकूद प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी,अनूसासित विद्यार्थी लाई समेत सम्मान पुरस्कार वितरण गरिएको हो । उक्त कार्यक्रममा विद्यालयका विद्यार्थी हरूले नृत्य नाटक का साथै आफै निर्माण गरिएको विभिन्न सामाग्रीहरु प्रर्दसनि गरेका थिए ।
कार्यक्रमको संञ्चालन विधालयका शिक्षक प्रभूनाथ रिमालले गर्नु भएको थियो।


