दैलेख । दैलेखको दुल्लु नगरपालिका १३ का वडाअध्यक्ष बिर्ष बहादुर शाहीको निधन भएको छ । आज बिहान करिब ९ बजेको समयमा उनको निधन भएको हो ।
क्यान्सरका कारण वडाअध्यक्ष शाहीको निधन भएको आफन्तहरुले जनाएका छन् । लामो समयदेखि क्यान्सर (ब्रेन ट्युमर) रोगबाट ग्रसित उनले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार पनि गराइरहेका थिए ।
२०७९ बैशाख महिना को ३० गते भएको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका वडाअध्यक्ष शाहीको दुल्लु नगरपालिका वडा नम्बर १३ मा रहेको आफ्नै निवासमा आज बिहान निधन भएको हो ।