बर्दगोरिया/कैलालीको बर्दगोरिया गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा बर्दगोरिया गाउँपालिकाको आयोजनामा माघ ५ गतेबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको थियो । प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरिले समापन गरेका छन ।
प्रतियोगिताको समापन गर्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले खेलमा सहभागी सम्पुर्ण बिद्यार्थीहरुलाई बधाई दिए । उनले भने खेलमा हार जित हुन्छ सबैले अनुशासित भएर खेल खेल्नु नै जित बराबर हो । त्यसैले आगामी दिनमा उप बिजेता बनेका खेलाडी हरुले थप मेहनत परिश्रम गरेर अगाडी बढ्न सुझाव दिए ।
माघ ८ गते सम्म संञ्चालन हुने प्रतियोगितामा ६ सामुदायिक र ५ संस्थागत गरी ११ वटा विद्यालयको सहभागिता रहेको छ । बर्दगोरियामा १७ सामुदायिक र १९ संस्थागत बिधालय रहेका छन । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स खेल खेलाईएको थियो ।
प्रतियोगितामा १६ स्वर्ण ७ रजत र २ कास्य सहित बसन्त मुरारी नमुना मा बि प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
यसै ६ स्वर्ण २ रजत र ८ कास्य सहित बालकन्या मा वि दोस्रो स्थान हासिल गर्न सफल भएको छ ।
यसै गरि ४ स्वर्ण , २ रजत र ५ कास्यसहित महुन्याल मा बि तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा नव बालबाटिका बिद्या मन्दिरले ३ स्वर्ण र १ रजत पदक जित्न सफल भएको छ ।
यसै जगदम्भिके भगवती मा वि ले १ स्वर्ण ,७ रजत सहित २ कास्य पदक जित्न सफल भएको छ ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम बर्दगोरिया गाउँपालिका समाजिक बिकास समिती संयोजक तथा प्रबक्ता मिथुन गौतमको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथी पालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो । यसैअ गरि कार्यक्रममा बिशिस्ट अतिथी प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगाना रहनु भएको थियो ।
आर्थिक संयोजक नेत्र खडकाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको संचालन शिक्षक प्रभु नाथ जोशीले गर्नु भएको थियो ।
