कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा शुक्रबार देखि शिव मन्दिर धार्मिक ज्ञान् महायज्ञ सप्ताह सुरु भएको छ ।
पन्चायती ब्यबस्थाको अन्त तिर २०४४ सालमा प्रतापपुर बजार को ब्यबस्थापन र २०४६ साल हालको लम्किचुहा नगरपालिका ९ नम्बर वडा कार्यलय संगै जोडिएको २ कठ्ठा क्षेत्रफलमा पुर्व मन्त्री मोहन सिह राठौरको पहलमा शिव मन्दिरको स्थापना गरिएको स्थानीय हरु बताउँछन् ।
मन्दिर स्थापना पछि मन्दीर को स्तरउन्नति तर्फ कसैले पहल नगरेपछी महायज्ञ लगाएर बचत भएको रकम बाट जीर्ण अबस्थामा रहेको शिव मन्दीरको स्तरउन्नति गर्ने उदेश्य रहेको स्थानीय तुलसी राम चौधरीले बताए ।
महायज्ञ मुल आयोजक समितिका संयोजक राज कुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रमलाई पुर्व मन्त्री मोहन सिह राठौरले बिधिवत रूपमा उदघाटन गर्नु भएको थियो ।
वडा सदस्य अर्जुन रावलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पुर्व मन्त्री मोहन सिह राठौर,बिशिस्ट अतिथी वडा अध्यक्ष राम प्रशाद चौधरी र कथा बाचक बेद प्रकाश भट्टराई ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको संचालन सबिना ताम्राकारले गरेकी थिइन् ।महायज्ञ माघ ५ गते देखि माघ११ गते सम्म संचालन हुने छ ।