बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघ १ गते सोमबार आज विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हुने भएको छ ।
मेलामा माघ १ गते बिधालय स्तरिय नृत्य प्रतियोगिताको ग्रण्ड फिनाले संगै म चर्चित कलाकारहरूको प्रस्तुति रहने कलाकार संयोजक वीर चौधरीले जानकारी दिए ।
बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भइ रहेको बर्दगोरिया धार्मिक पर्यटकीय स्सस्कृतिक माघी मेलामा माघ १ गते चर्चित थारु गायक मनिराम करिया मघरिया, सोमती थारु,आधुनिक गायक भरत ताम्राकार , चर्चित डेउडा गायिका डिक्रा गाईने , मोडेल अमिसा लामा टिकटक स्टार दिपिका जि एच लगाएत स्थानिय डान्स एकएडेमिका प्रस्तुति हरु रहने छन ।
विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।
बर्दगोरिया धाममा माघीमा परापुर्बकाल देखिनै ठुलो मेला लाग्ने गरेको छ । ‘विशेष त थारु जातिले नयाँ बर्षका रुपमा लिदै आएको माघ महिनामा मेला कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया, शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।
परापूर्व कालदेखिको पौराणीक महत्व बोकेको कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा, तथा पिरुवा, पुरैना ताल, राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल, ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचारप्रसार गरिने जानकारी गराईएको छ ।