Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

छतिवना सामुदायिक बनको२२औं साधारण सभा सम्पन्न,अध्यक्षमा पुन;चौधरी चयन

  • कैलाली दर्पण
  • मङ्लबार, पुस २४, २०८०
छतिवना सामुदायिक बनको२२औं साधारण सभा सम्पन्न,अध्यक्षमा पुन;चौधरी चयन

बर्दगोरिया/कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ र ६ मा रहेको छतिवना सामुदायिक बन उपभोक्ता समुहको २२ औं साधारण सभा सम्पन्न भएको छ ।

समुहका अध्यक्ष करन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारु रहनु भएको थियो ।

सामुदायिक बन उपभोक्ता समूहका उपाध्यक्ष लाल बहादुर कठरियाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा समाजसेवी ,बुद्धिजीवी डाक्टर राम बहादुर चौधरी, सामुदायिक बन उपभोक्ता महासंघ सुदुरपस्चिम प्रदेश उपाध्यक्ष टेक बहादुर थापा रहनु भएको थियो।

समुहका कार्यालय सचिव लहानु चौधरिले आर्थिक बर्ष २०७९/०८० को ७ लाख, ८२ हजार बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो ।

साधारण सभाले करन चौधरिलाई पुन अध्यक्ष पदमा चयन गरेको छ । यसै गरि उपाध्यक्षमा रिता चौधरी, सचिवमा सिमा चौधरी, कोषाध्यक्षमा श्रीमति देवि कठरिया र सह सचिवमा सागर चौधरी चयन भएका छन । सामुदायिक बन उपभोक्ता समुहको १५ सदस्यीय कार्यसमिति सदस्य चयन भएको हो । सामुदायिक बनको सदस्यहरुमा प्रतिभा डगौरा, प्रशु राम चौधरी, चुन्की देवि चौधरी , जनका देवि चौधरी ,वीर बहादुर चौधरी, सीता देवि चौधरी , शान्ती देवि चौधरी, श्याम दयाल चौधरी, सिताराम चौधरी , दिल बहादुर भुल र गौरा अवस्थी चयन भएका छन ।

सम्बन्धित समाचार
ताजा अपडेट