Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

  • कैलाली दर्पण
  • आइतवार, पुस २२, २०८०
एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहालाई

२२ पुस । पठन संस्कृतिको विकास गर्ने उद्देश्यले एसपीए कलेजले आयोजना गरेको एसपीए रिडर्स च्यालेन्जको उपाधि स्नेहा गुप्ताले जितेकी छिन् ।

तीन महिना आफूले पढेका पुस्तकहरु अध्ययन गर्दै ती पुस्तकहरुको समिक्षा प्रस्तुत गर्दा स्नेहाले प्रथम स्थान हासिल गरेकी हुन् । उनले नगद ५ हजारसहित प्रमाण पत्र पाइन् ।

यस्तै अपेक्षा उपाध्याय र सुशिल विष्ट क्रमश: द्वितीय र तृतीय स्थानमा रहे । उपाध्यायले ३ हजार र विष्टले दुई हजार सहित प्रमाणपत्र पाए ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा टीएन जोशीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उप प्राध्यापक सिताराम भट्ट, प्रजापति नेगी, तुलसी शर्माले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

पाठकले आफूसँग भएका वा किनिएका जुनसुँकै पुस्तक पनि पढ्दै तीनको समिक्षा लेख्दै प्रस्तुत गर्नुपर्ने कार्यक्रमको अवधारणा थियो । क्याम्पस प्रमुख योगराज उपाध्यायले कार्यक्रममा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

‘राजालाई देशमा पुजिन्छ भने विद्धानलाई संसारमा पुजिन्छ भन्ने पुर्खाहरुको भनाई छ,’ गौतमले भने, ‘विद्धान, सभ्य, समझदार नागरिक उत्पादन गर्न पठन संस्कृतिको विकास हुन आवश्यक छ। सोही कुरा मध्यनजर हामीले यो च्यालेन्ज घोषणा गरेका थियौं। हाम्रो उदेश्यमा केही हदसम्म सफल भएको विश्वास मानेका छौं । आगामी दिनमा पनि यस खाले कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’

सम्बन्धित समाचार
ताजा अपडेट