Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

बर्दगोरियामा कृषि विकास रणनीति,प्याड्स सम्बन्धि किसानहरु संग अन्तरक्रिया तथा छलफल

  • कैलाली दर्पण
  • बिहिबार, पुस १९, २०८०
बर्दगोरियामा कृषि विकास रणनीति,प्याड्स सम्बन्धि किसानहरु संग अन्तरक्रिया तथा छलफल

कैलालीको बर्दगोरिया गाउँपालिकामा पालिका स्तरिय कृषि विकास रणनीति, प्याड्स (Provincial Agriculture Development Strategy PADS) सम्बन्धि किसानहरु संग अन्तरक्रिया तथा छलफल गरिएको छ ।

बर्दगोरिया गाउँपालिका स्तरीय तरकारी,फलफुल उत्पादक कृषक मञ्चको आयोजनामा भएको छलफल तथा अन्तरक्रियाको प्राबिधिक सहयोग कृषी बिकास शाखा र पशु सेवा शाखाले गरेका थिए ।

बर्दगोरिया गाउँपालिका स्तरीय तरकारी,फलफुल उत्पादक कृषक मञ्च का अध्यक्ष लल्ता प्रसाद डगौरा थारु को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष मिथुन गौतमले सम्रग देशको विकासको लागि कृषिमा उन्नति आवश्यक रहेको बताए । कृषि विकासका लागि आवश्यक रणनीतिको पनि आवश्यकता पर्ने हुदा किसानले पनि आवश्यक नीति नियम अपनाउनु पर्ने बताए ।

कृषि हाटबजारलाई थप प्रभाव कारी कसरी बनाउन सकिन्छ भन्ने उद्देश्य तर्फ सबै किसानहरुले सोच्नु पर्ने बताउदै वडा नम्बर ४ मा पनि कृषि हाट बजार संचालनका लागी किसानले आफ्नो बारिमा तरकारी ,फलफुल उत्पादन गरेर बजार सम्म ल्याउन सके सम्भावना रहेको समेत बताए ।

प्रदेश सरकारका ऎन नियमावली अनुसार काम गर्न र प्रदेश सरकार कृषि ज्ञान केन्द्रले सुचना जारि गरेको कार्यक्रमलाई कसरी प्रस्तावना पेश गर्ने बारे किसानहरुलाई सहज कसरी गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको कृषि शाखा प्रमुख झन्कर रावतले जानकारी दिए ।

कृषि क्षेत्रका संघ प्रदेश र स्थानिय तहको काम कर्तव्य र अधिकारको कार्यान्वयन तथा संघ र स्थानिय तहका नीति कार्यक्रम, ऐन तथा प्राथमिकताहरुलाई सहजिकरण गर्न यो रणनितिले महत्वपूर्ण भूमिका खेल्ने कृषि शाखा प्रमुख रावतले बताए ।

कार्यक्रममा पशु सेवा शाखाका प्रमुख जय प्रसाद कोईराला , अनिल ओलि,बिरेन्द्र चौधरी लगाएत किसानहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट