बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा रहेको बर्दगोरिया बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उमा शंकर अवस्थीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा बिशिस्ट अतिथी गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संस्थाले राम्रो काम गरेको भन्दै प्रशन्सा समेत गरेका छन । उनले भने यश सहकारीलाई ठुलो योजनाका रुपमा अगाडी बढाउनु पर्छ । अध्यक्ष कुँवरले पालिका र आफुबाट हुने सहयोग सदै गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन । अध्यक्ष कुँवरले सहकारीको सिद्धान्त, नीति र विधिमा सञ्चालित बचत तथा ऋण सहकारी संस्था आर्थिक सङ्कटमा नपर्ने बताएका छन् ।
बिशिस्ट अतिथिको आसन बाट बोल्दै पालिका उपाध्यक्ष गणेश राज गिरिले सहकारीले शेयर सदस्य बढाउने संगै बचत मात्र नगरी कुनै उद्योग संचालन गरि उत्पादनलाई बढ्वा दिन आवश्यक रहेको बताए ।
उपाध्यक्ष गिरिले भने पालिका र सहकारीको सहलगानिमा कुनै उद्योग स्थापना गरि उत्पादनलाई बढाई किसान र शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन तर्फ जोड दिनु पर्ने बताए ।
उपाध्यक्ष गिरिले भने सहकारीले बचत कर्ता, बचतकर्ताले सहकारी नचिनेका कारण सहकारी क्षेत्रमा समस्या देखिने गरेको छ । आफूले बचत गरेको सहकारीले कहाँ कसरी लगानी गरिरहेको छ, यसबारेमा बचतकर्ता चनाखो हुनुपर्ने गिरिको भनाई छ ।
संस्थाका कोषाध्यक्ष ध्वज बहादुर सुनारको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गोबिन्द बि क , बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बम, समाजसेवी डबल बहादुर बिस्वकर्मा र केशव भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सहकारी संस्थाले पुर्ब अध्यक्ष अजब सिंह मल्ल, शेयर सदस्य बहादुर सिंह कडायत , चेत राज भट्ट ,मान बहादुर रावल सहित २ दर्जन बढि शेयर सदस्यलाई खादा, प्रमाणपत्र सहित सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष उमा शंकर अवस्थिले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्तालाई समय समयमा कार्यालयमा आएर संस्थाको वित्तीय जानकारी लिन आग्रह गरे । अवस्थिले आर्थिक बर्ष २०८०/०८१ को अनुमानित आय २३ लाख , ९९ ह्जार प्रस्तुत गरे ।
कार्यक्रमको संचालन संस्थाका सह सचिव कृष्ण भण्डारीले गर्नुभएको थियो । विसं २०५७ चैत १५ गतेदेखि आफ्नो सेवा थालनी गरेको सो सहकारीमा हाल ४ सय ६७ शेयर सदस्य आबद्ध छन् भने कूल सम्पत्ति १ करोड १९ लाख रुपैयाँभन्दा माथि पुगेको संस्थाका प्रबन्धक बाबुराम पाण्डेले जानकारी दिएका छन ।
संस्थाले आफ्नै भवनबाट सेवा सुबिधा दिदै आएको छ ,साथै आगमी दिनमा संस्थालाई चलायमान बनाउन भुक्तानी गर्दा चेक मार्फत गर्ने योजना समेत अगाडी सारेको छ ।