Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

धर्म गुरु तथा अगुवाहरुलाई अभिमुखिकरण

  • कैलाली दर्पण
  • मङ्लबार, पुस ३, २०८०
धर्म गुरु तथा अगुवाहरुलाई अभिमुखिकरण

सुखड कैलाली /कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा धर्म गुरु तथा धार्मिक अगुवाहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।

युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्धारा सञ्चालित सामाजिक व्यवहार परिवर्तन परियोजना अन्तर्गत बाल बिबाह,नियमित खोप,जन्मदर्ताका बारेमा अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणको उद्घाटन कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका निमित्त प्रशाशकिय अधिकृत उमेश राज रेग्मिले यो अभिमुखिकरणले खोपको पहुच बढ्नेमा विश्वास ब्यक्त गरे । धर्म गुरु तथा अगुवाहरु बाल बिबाह ,खोप लगायत धेरै कुराहरुमा प्रत्यक्ष रुपमा जोडिने बताउदै रेग्मिले उनीहरु मार्फत पनि बाल बिबाह न्युनिकरण ,खोपमा पहुच पुग्ने बताए । साथै सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखाका मान बहादुर बोहोराले खोपका बारेमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । बास नेपाल घोडाघोडी नगरपालिकाका सामाजिक परिचालक ईन्द्रा केसीले सहजिकरण गरेको कार्यक्रममा २० जना धर्म गुरु तथा अगुवाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार
ताजा अपडेट