कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा एक महिने मालापोते बनाउने तालिम सुरु भएको छ ।
व्यवसायिक सीप बिकास तालिम केन्द्र धनगढीको आयोजना तथा वडा नम्बर ४ को सहकार्यम सो तालिम सुरु भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहिले सीप सिकेर व्यबहारम लागू गर्न आग्रह गरे । उनले भने हामिले तपाईहरुलाई स्वरोजगार गर्न विभिन्न किसिमम तालिम प्रदान गर्दै आएका छौ,तपाईहरुले यसलाई व्यवहारमा लागू गरि व्यवसायी बन्न अग्रसर हुनुपर्ने बताए ।
वड अध्यक्ष जगत बहादुर शाहिका अनुसार गत बर्ष हामिले कपाल काट्ने, प्लम्बिङ्ग र आल्मुनियम सम्बन्धि तालिम दिएका थियौ । गत बर्ष तालिम लिएका मध्य केहिले आफ्नै व्यवसायी सुचारु गरेर राम्रो काम गरेको बताउदै तपाईहरुलेपनी यस्तै मालापोते बनाएर आफ्नो आय आर्जन गर्न सक्नुहुनेछ ।
तालिममा भत्ता र नास्ताको आस नगरी सीप जेसुकै सिक्नुहोस तर जब सम्म व्यवहारमा लागू गर्नु हुन्न तब सम्म सीप सिकेर कुनै फाईदा नहुने वडा अध्यक्ष शाहिले बताए ।

मालापोते बनाउने तालिममा वडा भरिका २० जना महिलाहरुको सहभागिता रहेको छ । उनिहरुलाई व्यवसायिक सीप बिकास तालिमबाट प्रशिक्षण लिएकी रेखा कुमारी चौधरिले प्रशिक्षण गर्नेछिन ।
पत्रकार पदम राज ओझाले संचालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य माया चौधरिको सहभागिता रहेको थियो ।