बौनिया/बर्दगोरिया गाउँपालिकाका किसान यतिबेला सयपत्री र मखमली फुलको माला बेच्नमा व्यस्त छन ।

बिगतका बर्षहरुमा भारतीय पलास्टिकका मालाहरुले रंगीचंगी देखिने बजार अहिले सयपत्री मालाले रंगीचंगी देखिन थालेको छ ।
साहारा घरले ५ कट्टा जमिनमा फुलाएको फुलहरु बौनिया बजारमा राष्ट्रिय झण्डा फहराउदै माला र फुल बिक्री गरिरहेको छ ।
साहारा घरका संचालक बल बहादुर बिस्टले फुलमाला बाट बचत भएको केही रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने बताए । आफुले कमाउने भन्दा पनि अरुलाई पनि केही सहयोग होस भन्ने उद्देश्यले मालाबाट बचत भएको केही रकम सो राहत कोषमा जम्मा उनले बताए ।
दिगो बिकास समाज भजनिले खेतिमा आत्मनिर्भर बन्ने उद्देश्यले सहयोग गरेको अनुदानबाट सो पुस्प खेती गरि अहिले बजारमा धमाधम बिक्री भइ रहेको छ ।
सहारा घर संगै यश क्षेत्रका युवा किसान नवीन जोशिले पनि पुस्प खेती संचालन गरि स्वदेशी उत्पादनलाई जोड दिदै आएका छन । जोशिले पनि बजारमा फुलमाला बिक्रि केन्द्र संचालन गरेका छन ।
बर्दगोरिया गाउँपालिकाले केही दिन अगाडि एक सुचना निकाल्दै प्लास्टिक जन्य माला बिक्री बितरणमा रोक लगाएको थियो । प्लास्टिक जन्यमाला बिक्री बितरणमा रोक लगाएको भन्दै राम्रो कामको सुरुवात संगै चौतर्फी प्रशन्सा भैइ रहेको छ ।