Kailali Darpan मङ्लबार, कार्तिक ११, २०८३
  • Trending :

साना किसान कृषि सहकारी संस्थाको१८औ वार्षिक साधारणसभा सम्पन्न

  • कैलाली दर्पण
  • शुक्रबार, कार्तिक २४, २०८०
साना किसान कृषि सहकारी संस्थाको१८औ वार्षिक साधारणसभा सम्पन्न

कार्तिक २४ बौनिया/सहकारीमा सुशासन र पारदर्शिता हुनुपर्ने सुदूरपश्चिम प्रदेश का कृषि ,सहकारी तथा भुमी ब्यबस्था मन्त्री रामेस्वर चौधरीले बताएका छन ।

कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्थाको १८ औ साधारणसभा लाई प्रमुख अतिथी को आसन्न बाट सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

आफुले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिइ किसान को पक्षमा जनमुखी कार्यक्रम लागूगरेको समेत बताए । अनुदान लिनको लागि बनेका नक्कली कृषकहरुको पहिचान गर्न स्थानीय तह सङ्ग समन्वय गरि कृषक हरुलाइ क,ख, ग र घ बर्ग मा वर्गीकरण गरि सक्कली कृषक लाई आगामी दिनमा अनुदान दिने समेत बताए ।

कार्यक्रममा बिशिस्ट अतिथी गाउपालिका उपाध्यक्ष गणेश राज गिरी, साना किसान कृषि सहकारी लघु बितिय अत्तरियाका प्रबन्धक पदम राज रेग्मी नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम ,साना किसान कृषि सहकारी संस्था जोशीपुरका अध्यक्ष गोमा आचार्य ,,लेखा समिति संयोजक नवीन जोशी  लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उपाध्यक्ष सीता कुमारी राज भण्डारीले स्वागत  मन्तव्य गर्नु भएको कार्यक्रमको संचालन भिम बिस्ट्ले गर्नु भएको थियो । कार्यक्रममा अध्यक्ष पुर्ण बहादुर बिस्ट्ले आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

सस्थाले ३ करोड ६९ लाख९३ हजार खुद नाफा गरेको छ। आर्थिक बर्ष २०८०/०८१ मा १ करोड ४५ लाख ७ हजार सम्भाबित बचत गरेको छ ।

सस्थाको अहिलेसम्म २९ करोड ५६ लाख २९ हजार र ९ सय ५२ पुजी रहेको छ।

साधारण सभामा सदस्यको म्यादी तथा  ॠण  ,मोबाइल  बैंकिङ संचालन लगायतका १३ वटा प्रस्ताव सर्वसहमती बाट अनुमोदन गरेको छ।

सम्बन्धित समाचार
ताजा अपडेट